Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

एक नेपाली योगीको पहलमा पोर्चुगलमा ज्ञान महायज्ञ शुरु

लिस्बन। सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो । महायज्ञका प्रमुख वाचक योगी श्रीओम सूर्य शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता, आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचन दिनेछन् । महायज्ञमा दैनिकजसो पूजा, जलधारा, पाठ, हवन, ध्यान, प्रवचनका साथै भजन कीर्तन हुने बताइएको छ । विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले ज्ञान महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिए । महायज्ञबाट सङ्कलन भएको रकम पोर्चुगल र नेपालमा आश्रम बनाउने योजनासमेत रहेको उनले बताए । योगी श्रीओमका अनुसार महायज्ञमा पोर्चुगलमा रहेका नेपालीसहित विदेशीको समेत उपस्थिति रहनेछ । बिहीबारबाट शुरु भएको महायज्ञ डिसेम्बर ५ सम्म सञ्चालन हुनेछ । योगी श्रीओम सूर्य शिवले यसअघि नेपालसहित भारत, अमेरिका, जापान, जर्मनी, स्वीडेन, फ्रान्स, स्पेन, बेल्जियमलगायतका विभिन्न मुलुकमा सत्य सनातन धर्मसम्बन्धी विभिन्न धार्मिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy