Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नेपालको शान्ति प्रक्रियाले बन्दूकमाथि मतको सर्वोच्चता स्थापना गरेको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको बताए । उनले नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण र दृढ निर्णय लिएको उल्लेख गरे । ‘‘हामीले शान्ति प्रक्रियालाई आधारभूत रुपमा सम्पन्न गरेका छौँ र हामीले हाम्रो इतिहासको सबैभन्दा कठिनमध्ये एक समयलाई पछाडि छाडेका छौँ । मुलुकको मौलिकतामा भर पर्ने हाम्रो सफल पाठले अरुलाई पनि उदाहरणका रुपमा सिकाउन सक्छ । हामीले जनताका प्रतिनिधिबाट संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पनि सम्पन्न गरेका छौँ’’, उनले भने । ‘‘हाम्रो उद्देश्य भनेको समग्र लोकतन्त्र हो जसले व्यक्ति र राष्ट्रिय जीवनलाई सामाजिक तथा आर्थिक न्यायका साथै सबै अधिकार तथा स्वतन्त्रतामा सबल बनाउँछ । प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाका साथ हामीसँग सबैभन्दा राम्रो संविधानमध्ये एक छ भन्ने म विश्वास गर्छु । नेपालको इतिहासमा पहिलो पटक संविधानले जनतालाई वास्तवमै सार्वभौम बनाएको छ र अब हामीले राजनीतिक रुपमा थप सङ्घर्ष गर्नु पर्र्दैन, यसले नेपाली जनताका लागि नयाँ युग उपलब्ध गराएको छ’’, उहाँले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले जनताका यी बलिया उपलब्धिमा टेकेर सामाजिक तथा आर्थिक प्रगति गर्न नसकिए दिगो नरहने भएकाले नेपाल सरकारले दिगो आर्थिक विकासलाई प्राथमिकता दिएको र सरकारको कार्यसूची ‘सुखी नेपाली र समृद्ध नेपाल’ मा आधारित भई सामाजिक आर्थिक सङ्क्रमणतर्फ लक्षित भएको बताए । उनले नेपाली जनताले २०७२ सालमा व्यापक क्षति पु¥याउने भूकम्पपछि पनि राजनीतिक, आर्थिक तथा सामाजिक उद्देश्यका लागि एकीकृत र दृढ भएर शान्ति र सहयोगात्मक रुपमा उच्च लचकता देखाएको बताउँदै हाल पुनःनिर्माणले गति लिएको र आफूहरु छोटो समयमा सो कार्यलाई सम्पन्न गर्ने दृढ रहेको बताए । उनले तीनै तहको निर्वाचनपछि बनेको सरकारलाई संसद्को तीन चौथाइ समर्थन प्राप्त भएको र आफ्नो दलको करीब दुई तिहाइ बहुमत भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वले महत्वपूर्ण नीतिगत स्थायित्व ल्याएको र यसले समाजिक आर्थिक विकासको कार्यमा महत्वपूर्ण प्रभाव पारेको अवगत गराए । प्रधानमन्त्री ओलीले नेपालले समानता, आपसी सम्मान तथा लाभका सिद्धान्तका आधारमा छिमेकी मुलुकसँग मैत्रीपूर्ण, सहयोगात्मक, सन्तुलित सम्बन्ध राखेको र स्वतन्त्र कूटनीति सञ्चालन गरेको बताउँदै विश्वका प्रमुख शक्तिसँग नेपालको सम्बन्ध हुनाका साथै क्षेत्रीय सम्बन्ध बलियो, बढी स्पष्ट र उत्पादक बनेको उल्लेख गरे । उनले नेपाली जनताले यी उपलब्धिका लागि ठूलो मूल्य तिरेको तथा अनेकतामा एकता र राष्ट्रियता विश्वासका कारण मुलुकको प्रमुख अभिरुचि भन्दा अन्य कुनै पनि विषय ठूलो हुँदैन भन्ने बुझेको बताउँदै नेपालका मित्र तथा शुभचिन्तकले पनि नेपाललाई शान्तिपूर्ण, स्थिर, लोकतान्त्रिक तथा समृद्ध मुलुक भएको देख्न चाहेको उल्लेख गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending