Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

नगरपालिकाबाट पहिलोपटक अपाङ्गता परिचयपत्र

कञ्चनपुर ।  कञ्चनपुरमै पहिलो पटक कृष्णपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण गर्न शुरु गरेको छ । नयाँ संरचना अनुसार नगरपालिकाले कार्यविधि बनाएर अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो । यस अघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र वितरण हुँदै आएको थियो । नयाँ संरचना अनुसार महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा आएपछि पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताए । उनले भने,“यसको शुरुवात गरिएको छ, नगर क्षेत्रभित्रका सबैलाई परिचयपत्र वितरण गर्छौ ।” नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यविधि बनाएर परिचयपत्र वितरण शुरु गरेको हो । “परिचय पत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले सेवा सुविधा पाउने छन्, अव परिचयपत्र हेरेर सुविधा दिन्छौ” नगरप्रमुख हमालले भने । वडा नं– ५ का कनहिया लाल रानालाई अपाङ्गता परिचयपत्र वितरण गरी सो कार्य शुरु गरिएको हो । शारीरिक रुपमा अशक्त राना टोलका रानालाई ‘ख’ वर्गको परिचयपत्र दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले परिचय पत्रमा हस्ताक्षर गर्नुभएको छ । आफन्त सित कार्यालयमा आएर रानाले परिचयपत्र लिएका हुन् । नगरप्रमुख हमालले नगरपालिकाका सबै वडाका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिने जानकारी दिए । कृष्णपुरमा नौ वडा छन् । कञ्चनपुरका नौ स्थानीय तहमध्ये कृष्णपुरमा अपाङ्गता परिचय वितरणमा पहिलोपटक भएको हो । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy