मंसिर २१ गते, २०७५ शुक्रवार 7th December, 2018 Fri१६:२१:०१ मा प्रकाशित
बाजुरा ।सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् ।
तीन तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि स्थानीय तहले कर्मचारी नपाउँदा जनताले दुई दिन पैदल हिँडेर सेवा लिनुपरेको त्रिवेणी नगरपालिका–७ का गीता साउदले गुनासो गरे ।
उनले गाउँ÷गाउँमा सिंहदबार आएको आफूले महसुस नगरेको उल्लेख गर्दै गाउँ÷गाउँमा सिंहदरबार पुगेको भन्ने गरिन्छ, तर सार्वजनिक सेवा लिन भने दुई दिनको पैदलबाटो हिडनुपर्ने बाध्यता रहेको बताए ।
जिल्लाका नौ स्थानीय तहमा चार नगरपालिका र पाँच गाउँपालिका छन् । तीमध्ये ६९ वडाका ५५ भन्दाबढी वडामा कर्मचारी नहुँदा सचिवको कामकाज जनप्रतिनिधीले झोलामा कार्यालयका सामान बोकेर सेवा दिनु परेको त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले बताए ।
त्रिवेणी नगरपालिकाका स्थानीयवासीलाई वडाबाट पाउने सेवा सुविधा लिन दुई दिनको पैदलयात्रा हिँडेर सेवा लिनुपर्ने बाध्यता छ । वडा कार्यालयमा खरिदार तहको कर्मचारी नहुँदा सोही नगरपालिका– १ साविकको छतारा गाविसमा गएर सेवा लिनुपर्ने समस्या रहेको छ ।
उनले दिएको जानकारी अनुसार वडावासीले वडामै जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता र जग्गाको मालपोत कर तिर्नका लागि दुई दिनको पैदल बाटो हिँडेर सेवा लिने गरेको बताए ।
त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले वडामा सचिव नहुँदा जनताले दुई दिनको पैदल बाटो हिँडेर यहाँबाट सेवा सुविधा लिने गरेको स्वीकार गरे । प्रदेश र सङ्घीय सरकारले स्थानीय तहमा कर्मचारी नखटाउँदा सचिव समेतको काम आफैले गर्नुपरेको अध्यक्ष थापाको भनाइ छ ।
अध्यक्ष थापाले वडा नं १, २, ३ र ४ बाहेकका स्थानीयबासीले साविकको छतारा गाविसमा गएर सेवा लिने गरेका छन् । नगरपालिकाका नौवटै स्थानीय तहका खरिदार वा सो सरहका कर्मचारी अर्थात वडा सचिव नहुँदा वडाको एक जना सचिव दिलबहादुर बुढाले नै नौवटै वडाको काम गर्नुपरेको अध्यक्ष थापाको गुनासो छ ।
त्यसैगरी वडा सचिव दिलबहादुर बुढाले प्रत्येक वडामा कर्मचारी नहुँदा आफूले जेनतेन जनतालाई सेवा दिँदै आएको बताए । सङ्घीय सरकार र प्रदेश सरकारले कर्मचारी नपठाउँदा एक्लैले नौ वटै वडाको वडा सचिव भएर काम गर्नुपरेको राससलाई बताए ।
जिल्ल्लाका नौवटै स्थानीय तहका नगरपालिका र गाउँपालिकाका गरी ६९ मध्ये ५४ वडा सचिव विहीन रहेका छन् । जिल्लाको दुर्गम क्षेत्रमा हिमाली गाउँपालिका, स्वामीकात्तिक गाउँपालिका, जगन्न्नाथ गाउँपालिकालगायतका स्थानीय तहमा भने सचिव नै नभएर वडा अध्यक्षले सचिवको काम गर्ने गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।
सङ्घीय सरकार र प्रदेश सरकारले मङ्सिर मसान्तभित्र कर्मचारी स्थानीय तहमा नखटाइए आन्दोलन गर्ने त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले जानकारी दिएका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: