Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रधानमन्त्रीको वुद्धिजिवी लक्षित अभिव्यक्तिप्रति प्रजातान्त्रिक समाजको आपत्ति

काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकार नियन्त्रित टेलिभिजनको एक कार्यक्रममा बुद्धिजिवी वर्गप्रति लक्षित गरी दिएको अभिव्यक्तिमा प्रजातान्त्रिक विचार समाजको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री भनेको कुनै निश्चित पार्टीबाट निर्वाचित भएपनि मुलुकको सबै वर्ग, समुदाय, भाषा, लिंग, दललगायतको साझा व्यक्तित्व भएकामा कुनै दुई मत छैन । तर प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सम्माननीय प्रधानमन्त्री केपी ओलीबाट भिन्न विचार र विमतीप्रति हुँदै आएको अभिव्यक्तिले सिंगों संस्थाकै गरिमामा आँच पु¥याउन थालेको हामीलाई अनुभूति हुन थालेको छ । संवैधानिक हैसियत र अधिकार प्राप्त राज्यको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीबाटै समाजमा द्वन्द्व निम्त्याउने खालका टिप्पणी र धारणा आउनु दुःखद रहेको छ । नेपाली जनताको सात दशक लामो संघर्ष र बलिदानीबाट प्राप्त खुला र पारदर्शी व्यवस्था विपरित, आफूले गरेको, बोलेको र लिएको निर्णय नै अचूक हुन्, कसैले पनि प्रश्न उठाउन पाउँदैन भन्ने खालको अभिव्यक्ति स्वयं प्रधानमन्त्री र मन्त्रीहरुबाट पटक पटक आउने गरेको छ, जुन उत्तरदायी शासन व्यवस्थाको मर्म र भावना विपरित रहेको छ । मन्त्रिपरिषदका निर्णय तत्काल सार्वजनिक नगर्नेदेखि, विभिन्न अधिकार र भूमिका रहेको राज्यका महत्वपूर्ण निकायहरुलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनु अधिकार र शासन व्यवस्थालाई केन्द्रिकृत गर्ने मनसाय हो नै । त्यस अतिरिक्त संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्थाविपरित पनि हो । राज्यमा बढ्दै गएको दण्डहीनता, अराजकता, बलात्कारलगायतका महिला हिंसा, हत्या जस्ता अपराध नियन्त्रणमा सरकारको उपस्थिति न्यून देखिँदो छ । बरु नियोजित उद्देश्य पूरा गर्न, आवरणमा अर्के स्वरुपमा देखा परेको अत्यन्त विवादित एक गैरसरकारी संस्थाको कार्यक्रममा राज्य संरचनाको स्रोत साधन दुरुपयोग गर्न सरकार नै संलग्न भएपछि चिन्ता व्यक्त गर्दै आवाज उठाउँदा, टिप्पणी गर्दा वा जवाफ माग्दा राज्यको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीबाटै ओठे जवाफ आउनुले आश्चर्यभन्दा दुःिखत बनाएको छ । यसै सन्दर्भमा सरकार र राज्यका कमजोरीबारे औला उठाउने बुद्धिजिवीलाई लक्षित गरी ‘आफूले जवाफ दिनुपरेमा बुद्धिजिवी थला पर्ने र होशियार रहन’ भन्ने जस्ता चेतावनी आउनु सिंगो लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारकैविरुद्ध रहेको प्रजातान्त्रिक विचार समाजको ठहर छ । यस्ता खाले गम्भीर र आपत्तिजनक अभिव्यक्ति फिर्ता लिइ सरकार सबै जनताको अभिभावक रहेको सन्देश दिनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछौं ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending