Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्तिको प्रक्रिया अघि बढाउने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार बसेको संवैधानिक परिषद् बैठकमा आङ्देम्बेले आयोगजस्तो महत्वपूर्ण संवैधानिक निकाय लामो समय रिक्त रहन नहुनेमा आफू सहमत भए पनि नियुक्ति प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग आवश्यक परामर्श र छलफल हुनुपर्ने धारणा राखेका थिए।

उनका अनुसार प्रधानमन्त्रीले परिषद्का सदस्यहरूसँग कुनै पूर्वसंवाद नगरी सिफारिस प्रक्रिया अघि बढाएको विषयमा सैद्धान्तिक रूपमा असहमति रहेको छ।

आङ्देम्बेको सचिवालयका अनुसार उनले बैठकमा भने, "निर्वाचन आयोग रिक्त राख्नु हुँदैन, यसमा मेरो पनि सहमति छ। तर नियुक्ति प्रक्रियामा परिषद्का सदस्यहरूसँग पहिल्यै छलफल हुनुपर्थ्यो। त्यसो नगरी अघि बढाइएको प्रक्रियाप्रति मेरो गम्भीर आपत्ति छ।"

आङ्देम्बेको आपत्तिपछि प्रधानमन्त्री बालेनले आफूले परिषद्का सदस्यहरूसँग व्यक्तिगत रूपमा संवाद गर्ने प्रयास गरेको दाबी गरेका थिए। उनका अनुसार प्रधानन्यायाधीशसँग पनि छलफल गर्न खोजिएको भए पनि त्यसलाई बाहिर गलत अर्थ लगाइने आशंकाले संवाद प्रभावकारी हुन नसकेको बताएका थिए।

प्रधानमन्त्रीको जवाफपछि आङ्देम्बेले परिषद्का सदस्यहरूसँग औपचारिक छलफल गर्नु नै उचित हुने धारणा राखे। उनले प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई बोलाएर छलफल गर्न सकिने भए पनि त्यसो नगरेको टिप्पणी गरे।

आङ्देम्बेले प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षका रूपमा बालेनसँग आवश्यक समन्वयसमेत हुन नसकेको उल्लेख गरे। उनले परिषद्का सदस्यहरूबीच सामान्य शिष्टाचार र नियमित संवादको वातावरणसमेत नबनेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले यसअघि पनि यही विषय उठाएको स्मरण गराउँदै आगामी दिनमा यस्तो कार्यशैली नदोहोरिन आग्रह गरेका छन्।

बैठकका क्रममा आङ्देम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि पर्याप्त संवाद नदेखिएको उल्लेख गर्दै संवैधानिक परिषद्मा समेत संवादहीनता देखिन थालेको हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए। उनका अनुसार संवैधानिक निकायमा नियुक्तिजस्ता संवेदनशील विषयमा पारदर्शी संवाद र सहमतिमै अघि बढ्नु लोकतान्त्रिक अभ्यासका लागि आवश्यक रहेको बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

कर्णालीमा खसेको गाडी अझै बेपत्ता, पाँच यात्रुको खोजीमा ड्रोन र गोताखोर परिचालन

दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...

ब्लु बसको कार्यविधिमा ट्रान्सजेन्डर यात्रुको व्यवस्था समेटिने

काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...

विद्यालयलाई राजनीतिक कब्जाबाट मुक्त गर्नुपर्छ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...

सप्तरी कारागार ड्युटीमा रहेका प्रहरीलाई गोली लाग्यो, सहकर्मी नियन्त्रणमा

जनकपुरधाम  । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...

त्रिभुवन विश्वविद्यालय लगायतका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, को कहाँ ?

काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...

प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार ठगी

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending