Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

'सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्'

काठमाडाैं । टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्। आजको अन्नपुर्ण पोष्ट दैनिकमा यो खबर छ उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा फेक आइडीमार्फत ‘ब्ल्याक मेल’ गर्नेहरू छन्। पछिल्लो समय यो समस्या गाउँतिर बढी हुन थालेको छ। तर गाउँमा साइबर क्राइम हेर्ने प्रहरीको शाखा छैन। त्यसैले सबै दुव्र्यवहारको उजुरी आइपुग्न अवस्था नरहेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन्। तीन वर्ष यता सामाजिक सञ्जालबाट हुने हिंसाको दर वार्षिक दोब्बरले बढ्दै गएको छ। ‘फेसबुक मेसेन्जरबाट पीडित हुने धेरैजसो किशोरी छन्। उनीहरूले आफ्नो जीवनसमेत राम्ररी नबुझी हिंसाको शिकार हुनुपरेको छ’, उप्रेती भन्छन्, ‘सामाजिक सञ्जालबाट हुने हिंसाको दर डरलाग्दो छ। यसलाई न्यूनीकरण गर्न साइबर ब्युरो बनाएर सातै प्रदेशमा पुर्‍याउन जरुरी छ।’ काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लासम्म मात्रै महाशाखाको पहुँच छ। सम्बन्ध बिग्रेपछि गडबड अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालमार्फत दुःख दिनेमा नातेदार र चिनेजानेकै बढी छन्। महाशाखामा पुग्ने अधिकांश किशोरी र युवती विगतमा निकट सम्बन्ध भएका र आफन्तबाटै पीडित हुन्छन्। सम्बन्धमा रहँदा खिचिएका फोटो र भिडियो सम्बन्ध अन्त्य भएपछि ब्ल्याकमेल गर्ने औजार भएका छन्। कतिले पोर्न साइटमै भिडियो अपलोड गरिदिन्छन्। बदला लिन अश्लील फोटो र भिडियोको सहारा लिने क्रम बढेको साइबर क्राइम फाँटका इन्स्पेक्टर लीलाराज डाँगी बताउँछन्। ‘केटाले भनेको मानुन्जेल सबै ठीक हुन्छ। केटीले नमानेपछि पहिले खिचेको फोटो र भिडियोलाई हतियार बनाउने गरेको पाइन्छ,’ डाँगी भन्छन्, ‘बढीजसो पीडित १३ देखि ३० वर्ष उमेर समूहका हुन्छन्। बदनाम गरेर बदला लिने यो प्रवृत्तिले किशोरी र युवतीहरू ठूलो मानसिक समस्यामा परेका छन्। हामीले यस्तो अपराधमा संलग्नलाई कानुनी दायरामा त ल्याएका छौँ, तर पीडितलाई परेको मानसिक चोट र सामाजिक क्षतिको हिसाब कसले गर्ने ? ’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending