Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

नागढुंगा-नौबीसे सुरुङ मार्ग: मन्त्री महासेठले अन्तिम समयमा किन गरे ठेक्कामा हस्तक्षेप ?

काठमाडौं।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन्। ठेकेदार छनौटनिम्ति अन्तिम मूल्यांकन पूरा हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका छन्। जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन्। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ-  महासेठले आयोजनाको ठेक्कासम्बन्धी सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा झिकाएका छन्। आफ्नै रोहबरमा फाइल अध्ययन गराई चिनियाँ कम्पनीलाई ठेक्का दिलाउन उनले निर्देशन दिएको सडक स्रोतले बतायो। उनले आयोजना प्रमुख सञ्जय श्रेष्ठलाई हटाएका छन्। उक्त जिम्मेवारी सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशव शर्मालाई दिएका छन्। श्रेष्ठ आगामी चार महिनापछि सेवानिवृत्त हुँदैछन्। ‘मलाई हटाइएको भन्ने सुनेँ,’ श्रेष्ठले अन्नपूर्णसित भने, ‘पत्र पाएको छैन।’ आयोजनाले आगामी आइतबार ९मंसिर २३० पूर्व योग्यता सूचीमा परेका ठेकेदारमध्येबाट आर्थिक र प्राविधिक रूपले सबैभन्दा उत्कृष्टलाई छनौट गर्र्दैछ। आयोजनाको ठेक्काका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीको प्रस्ताव छ। जापानी ऋण भए पनि यो ठेक्कामा विश्वव्यापी प्रतिस्पर्धा हुन लागेको हो। गत साउन २४ गते विश्वव्यापी प्रतिस्पर्धा गराइएको थियो। चिनियाँ कम्पनीलाई ठेक्का दिन चलखेल सुरु गरेलगत्तै जापानी राजदूतले प्रधानमन्त्री ओलीसित भेट गरी असन्तुष्टि पोखेका छन्। जापानी लगानीमा निर्माण हुने आयोजना चिनियाँ ठेकेदारलाई दिए नेपाल–जापान आर्थिक सम्बन्ध प्रभावित हुनेसक्ने चिन्ता विभागका अधिकारीहरुले व्यक्त गरेका छन्। महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्का चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन्। उनले ठेक्का दिने बेलामा उनले आयोजना प्रमुखलाई हटाएका छन्। आयोजनाको अध्ययन तथा विस्तृत प्रतिवेदन ९डीपीआर० तयार गर्ने, जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउने र ठेक्कापट्टाका लागि सम्पूर्ण कार्य पूरा गरेर अन्तिम मूल्यांकन हुने बेला भएको छ। यतिखेर आयोजना प्रमुख हटाउनुलाई जापान सरकारले ‘गम्भीर षड्यन्त्र’ को रूपमा लिएको स्रोतले बतायो। नेपालका प्रमुख दातामध्ये जापान कुनै रणनीतिक स्वार्थ नभएको राष्ट्र हो। जापानले यो आयोजनाका लागि करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ। यसमा १० वर्षसम्म ब्याज लाग्दैन र नेपाल सरकारले वार्षिक ०।०१ प्रतिशत ब्याजमा ४० वर्षभित्र ऋण तिरे पुग्छ। आयोजनाको जग्गा अधिग्रहण तथा मुआब्जाका लागि नेपाल सरकारले तीन अर्ब रुपैयाँ लगानी गर्दैछ। आयोजनामा हस्तक्षेप र ठेक्कामा भएको चलखेलबारे प्रतिक्रिया लिन खोज्दा मन्त्री महासेठ सम्पर्कमा आउन चाहेनन्। यो मार्ग उपत्यका जोड्ने प्रमुख नाका हो। सुरुङमार्ग निर्माणपछि हालको नागढुंगा–नौबीसे सडक खण्डको दूरी आठ किलोमिटर छोट्टिनेछ। सुरुङ मार्गको लम्बाइ २।६८८ किलोमिटर छ। सुरुङको चौडाइ साढे नौ मिटर र उचाइ पाँच मिटर हुनेछ। ३।५ मिटरका दुई लेनको उक्त सुरुङमा १।५ मिटर चौडा इमर्जेन्सी ट्र्याक हुनेछ। आयोजनाका लागि सरकारले काठमाडौंमा दुई सय ६७ रोपनी र धादिङमा एक सय ९ रोपनी जग्गा अधिग्रहण गर्दैछ। यसका लागि चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजना गरिएको छ। अघिल्लो वर्ष जग्गाको मुआब्जाका लागि ७० करोड रुपैयाँ वितरण गरिएको
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending