Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

हतियार र लागु औषधसहित यादव पक्राउ

लहान। हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लहान नगरपालिका–४ स्थित रञ्जीत यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल, ३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट पाँच थान डाइलेक्स डिसी एक बोतललगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । अज्ञात समूहले रकम लुटपाट गरेको भनि गलत अफवाह फैलाएको आरोपमा प्रहरीले सिरहाको धनगढीमाई नगारपालिका–१० निवासी चितकुमार कामैतलाई पक्राउ गरी कारवाही चलाएको छ । सिरहाको गोलबजारस्थित ज्योति विकाश बैंकबाट नगद झिकेर फर्किंदै गरेको अवस्थामा धनगढीमाइ नगरपालिका–३ स्थित उग्रचण्डी पेट्रोल पम्प नजिकै रातो कलरको अपाची मोटरसाइकलमा सवार दुईजना व्यक्तिले आफ्नो साथमा भएको नगद रु सात लाख लुटपाट गरेको सूचना कामैतले प्रहरीले दिएको थियो । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा कामैतको उक्त रकम आफ्ना साथी एवं नातेदारलाई राख्न दिएको र केही रकम निज स्वयंले साथमा राखेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको जिप्रकामा प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । पक्राउ परेका कामैतमाथि झुठा अफवाह फैलाएको कसुरमा कारवाही चलाइएको प्रहरी नायब उपरीक्षक खरेलले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy