Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नेपालीहरूलाइ रोजगारीको सुवर्ण अवसर, जापानले ल्यायो यस्तो नियम

जापानको संसद्ले देशमा कामदारको अभाव सहज बनाउन हजारौं विदेशी भित्र्याउने एउटा विवादास्पद कानून अनुमोदन गरेको छ। आउँदो एप्रिल महिनादेखि विदेशीहरूले नर्सिङ, कृषि र निर्माण क्षेत्रमा काम गर्न अनुमति पाउने छन्। जापान नेपालीहरूको निम्ति पनि रोजगारीको एउटा आकर्षक गन्तव्य मानिन्छ। जापानको अध्यागमन नीति कडा मानिन्छ। तर सरकारले देशको जनसङ्ख्यामा बृद्धहरूको सङ्ख्या बढिरहेको भन्दै विदेशीको खाँचो परेको बताएको छ। आवासीय सुविधा नयाँ प्रणालीअनुसार श्रमिकको अभाव भएका क्षेत्रमा काम गर्न तीन लाखभन्दा बढी विदेशीहरूले अनुमति पाउन सक्छन्। उक्त कानुनले दुई थरी प्रवेशाज्ञाको व्यवस्था गरेको छ। पहिलो व्यवस्थाअनुसार जापानी भाषाको जानकारी र निश्चित स्तरको दक्षता भएका कामदारले पाँच वर्षको लागि अनुमति पाउनेछन्। उच्च स्तरको दक्षता भएका कामदारहरू प्रवेशाज्ञासम्बन्धी दोस्रो व्यवस्था अन्तर्गत पर्ने छन्। उनीहरूले आवासीय आवेदन दिन समेत अनुमति पाउन सक्छन्। विपक्षीले विदेशी कामदारको आगमनले पारिश्रमिक घटाउने र त्यसले आप्रवासी कामदारको शोषणको अवस्था सृजना गर्न सक्ने तर्क गरेको छ। फेरबदल टोकियोस्थित बीबीसीका एकजना सम्वाददाताका अनुसार कम दक्ष विदेशी कामदारको निम्ति प्राविधिक तालिमको वर्तमान व्यवस्थाले गैरइमान्दार रोजगारदाताको निम्ति शोषणको बाटो खुला गरेको छ। जापानका व्यवसायीहरूले अन्य देशहरूबाट कामदार ल्याउनका निम्ति अध्यागमन कानूनमा परिवर्तनहरूको माग लामो समयदेखि गर्दै आएका छन्। तर प्रधानमन्त्री शिन्जो आबेले प्रस्तावित कानुनबाट अध्यागमन नीतिमा पूरा फेरबदल नभएको बताए। उनका अनुसार जापानले ती विदेशीलाई मात्र स्वीकार गर्ने छ जोसँग विशेष दक्षता छ र कामदारको गहिरो अभाव पूर्ति गर्न जसले तुरुन्तै काम गर्न सक्छन्। जापान विश्वको सबैभन्दा बढी औषत आयु भएका देशहरूमध्ये पर्छ। त्यहाँका नागरिकको औसत आयु ८५.५ वर्ष छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending