स्वास्थ्यचौकीमा एउटा मात्र औषधि, महिलालाई उधारो प्रसूति भत्ता
मंसिर २३ गते, २०७५ आइतवार 9th December, 2018 Sun१३:०४:२६ मा प्रकाशित
हुम्ला। जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताए।
गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले स्वास्थ्यचौकी अन्योलमा परेको गाउँपालिका–२ का अध्यक्ष विशे महताराले बताए । “बजेट पर्याप्त नहुँदा औषधि हालसम्म आइपुगेको छैन साथै गाउँपालिकाले पनि बजेट विनियोजन नगरेकाले औषधिको अभाव भएको छ”, स्वास्थ्य प्रमुख बमले भने ।
स्वास्थ्य स्वास्थ्यौकीमा औषधि नहुँदा दैनिक उपचार गर्न आउने आठ देखि १० बिरामीलाई फिर्ता पठाउने गरेको उनको भनाइ छ । स्वास्थ्यचौकीका लागि गाउँपालिकाले नै बजेटको व्यवस्था नगर्ने भनेपछि वडाले औषधिका लागि बजेट नछुट्याएको वडाध्यक्ष महताराले बताए । स्वास्थ्यचौकीमा औषधी नहुँदा गाउँपालिका–२ का स्थानीयवासी प्रत्यक्ष मारमा परेका छन् ।
यसैबीच गाउँपालिकालाई केन्द्रबाट प्राप्त हुने सःशर्ततर्फको वार्षिक विनियोजित बजेट प्राप्त नहुँदा यहाँका महिलाहरू उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य भएका छन् । नियमानुसार हिमाली क्षेत्रमा महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि एक हजार पाँच सय रुपैयाँ प्रसूति भत्ता पाउने व्यवस्था छ । सरकारले भत्ताको व्यवस्था गरेपछि यसरी बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने महिलाको सङ्ख्या निक्कै बढेको छ ।
केन्द्रले अनुमानका आधारमा बजेट विनियोजन गरेर पठाउँदा अनुमान गरेको भन्दा पनि बढी महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि हालसम्म प्रसूति भत्ता उधारोमा राख्नुपरेको हो । सरकारले उपलब्ध गराउने प्रसूति भत्ता बच्चा जन्मेको छ महिना पुग्दा पनि नपाएको गाउँपालिका–१ की लालशोभा बुढाले बताए ।
आर्थिक वर्ष २०७४र०७५ मा धेरै महिलाहरू प्रसूति भत्ता पाउनबाट बञ्चित भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । सो अवधिमा गाउँपालिकाका पाँच वटै बर्थिङ सेन्टरमा एकसय ८० बच्चा जन्माएकोमा एकसय जनाले मात्र सो भत्ता पाएको र बाँकी उधारो राखेको संयोजक धामीले बताए ।
केन्द्रबाट प्रसूति भत्ताका लागि दुई लाख पचास हजार बजेट आएको तर बर्थिङ सेन्टरमा बच्चा जन्माउने सङ्ख्या बढी भएकाले भत्ता नपुगेको उनले बताए।
बर्थिङ सेन्टरमा बच्चा जन्माएर प्रसूति भत्ता नपाउने गाउँपालिका–१ जैरकी मन्दिरा बुढाले भने, “कि भत्ताको व्यवस्थै नगर्नु, गरेपछि सबैलाई पुग्ने व्यवस्था गर्नु ।” कतिपय महिलाहरू भत्ता कै लागि पनि बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने गरेको उनको भनाइ छ । गत जेठमा बर्थिङ सेन्टरमा बुढाले बच्चा जन्माएका थिए ।
अघिल्लो आर्थिक वर्षमा अपुग प्रसूति भत्ता यस आर्थिक वर्षको अहिलेसम्म पनि वितरण गर्न नसकिएको स्वास्थ्य संयोजक धामीले बताए । यसै आर्थिक वर्षमा पनि पचास भन्दा बढी महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएको तर उनीहरूलाई भत्ता बितरण गर्न सकिएको छैन । यस वर्ष सरकारले हिलामी क्षेत्रमा प्रसूति भत्ता दोब्बर गरेर तीन हजार पु¥याएको छ । तर बजेट भने पाँच लाख मात्र विनियोज भएको छ । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: