ललितपुर। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा बहुस्वामित्वका घरहरुमा पुनःनिर्माण अघि बढ्न नसकेपछि कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।
यसअघि प्राधिकरणले एउटा घरमा जति वटा परिवारको बसोबास भए पनि एक जनासँग मात्रै अनुदान सम्झौता गर्दै आएको थियो । यो निर्णयपछि एउटा घरमा बसोबास गर्ने दुई वा त्यो भन्दा बढी परिवारमध्ये सबैसँग छुट्टाछुट्टै अनुदान सम्झौता हुने प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। उनले भने, “अर्पाटमेन्टका रूपमा मानेर जति परिवार बस्छ, उतिलाई नै अनुदान दिन लागिएको हो ।”
विसं २०७२ को वैशाखमा भूकम्प जानुभन्दा पहिले नै अंशवण्डापत्र भइसकेकाको हकमा प्राधिकरणले यस्तो निर्णय गरेको हो । स्थानीय तहका सिफारिशका आधारमा उनीहरुसँग अनुदान सम्झौता गर्ने उनले बताए । उनले भने “मालपोतमा गएर कानूनी रूपमा अंशवण्डा भएर छुट्टै बसेका मात्र नभए व्यवहारिक रूपमा पनि छुट्टै बसेकाको हकमा पनि यो लागू हुन्छ ।”
कानूनी रुपमा मात्र नभई व्यवहारिक रूपमा छुट्टै बसेका दुई वा त्यो भन्दा बढी दाजुभाइको घर भत्केको छ भने ती सबैसँग छुट्टाछुट्टै अनुदान सम्झौता हुनेछ । शहरी क्षेत्रमा भन्दा पनि यस्तो खालको समस्या ग्रामीण क्षेत्रमा पाइएको प्राधिकरणले जनाएको छ ।
परम्परागत बस्तीमा सानो क्षेत्रफलमा बनेका घर एकीकृत रुपमा बनाउनका लागि प्राधिकरणले प्रेरित गरिरहेको छ । एक÷एक आनामा दुई÷तीन वटासम्म घर बनेका छन् भने तीनलाई एउटै घर बनाएर एकभन्दा बढी परिवार बस्न प्राधिकरणले स्थानीयवासीलाई भनिरहेको हो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, “तीन जनाको एक÷एक आनामा घर बनाउनुभन्दा तीन आनामा बनाएर एक÷एक तला प्रयोग गर्न सक्छन् ।”
बहुस्वामित्वका विषयमा वा छुट्टाछुट्टै घरमा बसेर पनि कानूनी रुपमा छुट्टै नबसेका दाजुभाइका हकमा स्थानीय तहले सही सिफारिश गर्नुपर्ने ज्ञवालीको जोड छ । उनले खुकुलो नगर्दा पीडित पीडामा पर्ने र खुकुलो गर्दा सरकारको पैसा जाने त हो नि भन्दै दुरुपयोग गर्ने विगतको परम्परालाई अन्त्य गरी वास्तविक पीडितलाई सिफारिश गर्न पनि स्थानीय तहसँग आग्रह गरे ।
भूकम्प गएको चार वर्ष पुग्न लाग्दासमेत निजी आवासको पूनःनिर्माण सुस्त छ । बाहिरका जिल्लामा भन्दा पनि काठमाडौँ उपत्यकामा निजी आवास निर्माणले गति लिनसकेको छैन । काठमाडौँ उपत्यकामा सबैभन्दा ठूलो समस्याका रूपमा बहुस्वामित्वको घर भएको जनप्रतिनिधिले बताउँदै आएका छन् । काठमाडौँ उपत्यकामा भएका २१ स्थानीय तहमध्येमा पनि ग्रामीण वडामा भन्दा नगर क्षेत्रमा पुनःनिर्माणको काम सुस्त छ ।
राष्ट्रिय पूनःनिर्माण प्राधिकरणले भूकम्प गएलगत्तैदेखि अहिलेसम्म नौ लाख ९६ हजार ५८२ घरको सर्वेक्षण गरेको थियो । तीमध्ये प्रवलीकरणमा परेका लाभग्राही ६९ हजार ८९१ छन् । प्राधिकरणमा दर्ता भएका कूल गुनासो दुई लाख ३७ हजार ८५ रहेकोमा फस्र्योट भएको गुनासो दुई लाख पाँच हजार ५८४ छ । भूकम्पबाट प्रभावित जिल्लामा आठ लाख २२ हजार ७१९ लाभग्राही सूचीमा परेका छन् । तीमध्ये सात लाख ३८ हजार ५२३ सँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ ।
प्राधिकरणले सात लाख ३१ हजार ४४१ लाई पहिलो किस्ता वितरण गरिसकेको छ । त्यस्तै, पाँच लाख २१ हजार ४३१ लाई दोस्रो किस्ता र तीन लाख ३१ हजार ५४३ लाभग्राहीलाई तेस्रो किस्ता वितरण गरिसकेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार छ लाख छ हजार ०९५ घर बन्दै गरेका छन् । तीन लाख ४७ हजार ३११ लाभग्राहीले घर बनाइसकेको प्राधिकरणले जनाएको छ । रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: