Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

वामीटक्सार बजारको अनुगमन शुरु, निजी सम्पत्ति नराख्न आग्रह

गुल्मी। गुल्मी मुसिकोट नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ ।

बजार अनुगमन निर्देशिकाअनुसार नगरपालिकाले आइतबार र सोमबार गरी बजार क्षेत्रका करीब ३० वटा पसलमा अनुगमन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए/नभएको, नगरपालिकामा दर्ता भए/नभएको लगायत विविध पक्षको जाँचबुझ गरिएको उनले बताए ।

शुरुआती चरणमा रहेकाले मापदण्डविपरीत सञ्चालन भएका पसललाई सुझाव तथा निर्देशन दिने र सुधार नभए कारवाही गरिने पनि उनले बताए ।

बजारमा निजी सम्पत्ति नराख्न आग्रह

यसैगरी बजार क्षेत्रका सार्वजनिक जग्गामा व्यापारिक प्रयोजनका सामग्री राख्ने क्रमले बजार क्षेत्रमा अस्तव्यस्ता बढेको छ । विशेषगरी सडक क्षेत्रमा राखिने ग्यास सिलिन्डर, ड्रमलगायतले यातायातका साधन सञ्चालनमा कठिनाइ हुनुका साथै बजारमा हिँडडुल गर्ने यात्रुलाई पनि समस्या भइरहेको स्थानीय सरोकारवालाले जनाएको छ ।

सार्वजनिक क्षेत्रमा गिटी, बालुवा राख्ने काम पनि हुने गरेको छ । यसरी अव्यवस्थित रूपमा सार्वजनिक क्षेत्रमा सामग्री राखिँदा बजारको सौन्दर्यतामा हानी पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्नेतर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

“हामीले बजार अनुगमन निर्देशिका बनाएका छौं”, भण्डारीले भने, “सार्वजनिकस्थलमा निजी सम्पत्ति राख्न पाइँदैन, यदि कसैले यस्तो गरेको छ भने कारवाही हुन्छ ।” उनले पटकपटक सामान हटाउन आग्रह गर्दा पनि नटेरेमा जरिवानासहित अन्य कारवाही प्रक्रियामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending