रसुवा। राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध ¥याली निकालेका छन् ।
आयोजनाले सडकमा पर्ने सबै भूभागको मुआब्जा नदिने जनाएपछि प्रभावित नागरिक आन्दोलित भएका हुन् । पिपलटारदेखि ढुङ्गेसम्म सडकमा परेका जग्गाको मुआब्जा निर्धारण हुनसकेको छैन । गत कात्तिक १३ गते पिपलटारवासीले योजनाको निर्माण व्यवसायीले सो क्षेत्रमा गरेको कालोपत्रेको काममा अवरोध गरेर पीडितलाई मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेका थिए । सो अवरोधपछि प्रशासनले प्रहरी परिचालन गरी कालोपत्रे गरायो भने पिपलटारदेखि बट्टार, विदुर र ढुङ्गेसम्मका प्रभावितले भेला गरी सङ्घर्ष समिति गठन गरेको संयोजक लीलानाथ न्यौपानेले बताए ।
देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको स्थानीयवासीको बुझाइ छ । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेर अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने कोही नदिने ”, समितिका संयोजक न्यौपानेले भने ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे मुआब्जा दिने÷नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिए ।
¥यालीपछिको कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले राष्ट्रिय गौरवको आयोजना भन्दैमा मनोमानी हुन नहुने बताए । सर्वोच्च अदालतले फैसला गरी आयोजना निर्माण हुने क्षेत्रका प्रभावित नागरिकलाई मुआब्जा दिन गरेको निर्देशन राज्यले पालना नगरेको बताए । विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर तोकिएको कारण मुआब्जा दिनेबारे योजनाले स्पष्ट जानकारी दिन नसकेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आएका छन् ।
“गङ्गटेदेखि ढुङ्गेसम्म चार लेनको सडक निर्माण हुने भएकाले कतिपयको उठीबाससमेत लाग्ने अवस्था छ । कतै मुआब्जा दिने, कतै नदिने अन्याय हुन्छ, मुआब्जा नदिए धेरै नागरिक घर न घाटको हुने अवस्था छ”, सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठ भन्छन् । रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: