Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

जनकपुरधाममा यस्तो छ सीताराम विवाह महोत्सवको रौनक

जनकपुरधाम। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ ।

एक साता अघिदेखि नै वैवाहिक विधि शुरु भए पनि बुधबार हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा जनसागर ओर्लिसकेका छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन दास यस पटकको जन्तीमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने कार्यक्रमले जनकपुरधाम भरिभराउ रहेको बताउछन् ।

उनका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी बुधबार बिहान लखनउबाट विशेष विमानबाट जनकपुरधाम आई जानकी मन्दिरमा पूजाअर्चना र बाह्र बिघामा हुने स्वयंवर कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै प्रदेश नं २ सरकारले आयोजना गर्ने सम्मान, भण्डारा कार्यक्रममा पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी सहभागी हुने कार्यक्रम छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी भोलि नै साँझ लखनउ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

सो अवसरमा बाह्रबिघा मैदानमा हुने स्वयंवर कार्यक्रममा सेनाद्वारा हेलिकोप्टरबाट पुप्पवृष्टि गराउने कार्यक्रम पनि रहेको छ । यसैबीच ऊँट, घोडा, हात्तीसहितको सवारीमा अयोध्याबाट जन्ती पनि जनकपुरधाम आइसकेको छ । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंवरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

गोश्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजना गरिएको सो स्वयंवरमा देवीदेवताको उपस्थिति रहेको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयंवर र विवाह संस्कार सम्पन्न हुने गरेको छ । पौराणिक व्यवस्थाअनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा मैदान पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बाह्रबिघा मैदानमा लगिने चलन रहेको छ ।

बाह्रबिघामा स्वयंवर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । त्यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा देशका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन् ।

बाह्रबिघा मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित श्रद्धालुको उत्साहले महोत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गरेको छ । फूलबारी प्रसङ्गदेखि स्वयंवररसम्मको आयोजनाले महोत्सव दैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दै सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् । महोत्सवका दिन श्रद्धालु बिहान सबैरेदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गर्ने चलन रहेको छ ।
–––

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy