दमक । भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।
सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ ।
खुला सीमाको फाइदा उठाएर पछिल्लो समय यस क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका शृङ्खलाबद्ध जघन्य अपराधका घटनामा भारतीय र सीमा क्षेत्रका नेपालीको समेत मिलोमता देखिन थालेको छ । भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र विस्तारै आपराधिक घटना पनि मिलोमतो मै हुने गरेको घटनाक्रमले देखाएका छन् । एक साताअघि झापाको गौरीगञ्जसँग सीमासंग जोडिएको भारतको सुपौल जिल्ला विहार राज्यअन्तर्गतका सात वर्षीय बालक अपहरणमा परे । उनको अपहरणको उद्देश्य फिरौती माग्नेसंग सम्बन्धित थियो ।
व्यक्ति अपहरण गरी राख्ने र फिरौती माग्ने धन्दामा भारतीयसँग सीमावर्ती गौरीगञ्ज गाउँपालिकाका तीन नेपालीसमेत परे । राजनीतिक तथा सामाजिक रूपमा समेत स्थापित भनिएका त्यहाँका बद्री यादवसहित अन्य दुईले बालक अपहरण गरी रु १५ लाख फिरौती मागेका थिए।
मङ्गलबार पक्राउ परेका ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज–४ का ३१ वर्षीय श्रीप्रसाद मल्हा र गौरीगञ्ज–४ की २७ वर्षीया अञ्जु मुखियाले भारत विहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुजलाई यही मङ्सिर २० गते घरैबाट अपहरण गरी त्यहाँबाट गौरीगञ्ज हुँदै दमकको एक होटलमा बन्धक बनाएर राखेको अवस्थामा फेला पारिएको थियो ।
भारतीय बालकलाई ल्याएर फिरौती माग्ने धन्दामा नेपालीकै सहयोग र आश्रय पाएपछि भारतीय अपराधीले सहजै नेपाली भूमिलाई अपराधको थलो बनाए । भारतीय अपराधीमाथि के–कस्तो कारवाही चलिरहेको छ भन्ने यकिन नभए पनि बालक अपहरण र फिरौती माग गर्ने यादवसहित तीन जनाविरुद्ध नेपाल प्रहरीले भने शरीर बन्धक तथा अपहरण मुद्दामा म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाएको छ ।
गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको सक्रियतामा दमकबाट बालकको उद्धारपछि इलाका प्रहरी कार्यालय दमकले ती बालकलाई भारतीय प्रहरीको जिम्मा लगाइसकेको छ । गत आइतबार मात्रै गौरीगञ्ज–२ भाकुरमारीबाट प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न एक भारतीयविरुद्ध उक्त प्रहरी कार्यालयले लागुऔषध ओसारपसार मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइरहेको छ ।
केही समय अघि गौरीगञ्ज–२ का एक नेपालीको सीमावर्ती भारतीय दशगजामा भारतीय अपराधीले हत्या गरे । त्यो घटनामा नेपाल प्रहरीले भारतमै गएर अपराधी पहिचान गरी पक्राउ गरेको भए पनि कारवाहीका लागि भारतीय सुरक्षाकर्मीकै भर पर्नुपरेको प्रहरी निरीक्षक पौडेलले बताए । उनले भने, “अपराध भारतीयले गरे वा नेपालीले मात्रै गरे भन्न सक्ने अवस्था छैन । अपराध जसले गरे पनि त्यो अपराधी हो ।” चाहे नेपाली हुन् या भारतीय सबैलाई नेपाल प्रहरीले कसुरअनुसार हुँदैसम्मको कारवाही गर्दै आएको उनकोे भनाइ थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: