Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

काङ्ग्रेस महासमिति बैठकः पाँच दस्तावेजमा छलफल हुने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ ।

महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।

सहभागी प्रतिनिधिलाई आजै काङ्ग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण गरिनेछ । महासमिति बैठक उद्घाटन मङ्सिर २९ गते बिहान ११ बजे यगम्बर पार्टी प्यालेसमा हुनेछ । उद्घाटन लगत्तै बन्दशत्र शुरु हुने काङ्ग्रेसले जनाएको छ । बैठकको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

बैठकमा पाँच दस्तावेज प्रस्तुत हुने

उद्घाटनपछि प्रारम्भ हुने बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच दस्तावेज पेश हुनेछन् । बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

राजनीतिक प्रस्तावमा मुलुकको समसामयिक राजनीतिको विश्लेषणसहित पार्टीको आगामी राजनीतिक विचार र दृष्टिकोण, साङ्गठिनक प्रस्तावमा पार्टीका समग्र गतिविधि, विधान संशोधनमा संघीय संरचनाअनुसार पार्टीका संरचना, आर्थिक प्रस्तावमा बदलिदो परिवेशमा पार्टीको आर्थिक नीति र आन्तरीक आर्थिक प्रतिवेदनमा पार्टीको आयव्ययबारेमा उल्लेख छ ।

उक्त प्रतिवेदनलाई विस्तृत रुपमा छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने प्रवक्ता शर्माले बताउनुभयो । त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ । महासमिति बैठक आयोजना गर्न करीब रु एक करोड खर्च हुने अनुमान गरिएको छ । बैठकको खर्च पार्टीको आन्तरिक कोष र महासमिति बैठकका सहभागीबाट लिइने दर्ता शुल्कबाट व्यवस्थापनका गरिने छ । बैठकका सहभागीलाई बिहानको खाजा, खाना र साँझको खाजाको व्यवस्था गरिए पनि राति बस्ने र खाने व्यवस्था प्रतिनिधि स्वयंले बेहोर्नेछन् ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन बाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एक पटक हुने उल्लेख भए पनि पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुदैन ।

काँग्रेस विधानले प्रत्येक वर्ष भने पनि प्रायः एक महाधिवेशनभित्र एक महासमिति बैठक भएको देखिन्छ । काङ्ग्रेस नेता रामचन्द्र पोखरेलले पार्टी सङ्कटमा वा भूमिगत भएका बेला समेत महासमिति बैठक वा राजनीतिक सम्मेलन भएको बताए । नयाँ संविधानअनुसार मुलुक सङ्घीय संरचनामा गइसकेपछि हुन लागेको काङ्ग्रेसको यो महासमिति बैठकलाई सबैतिरबाट निकै चासो र महत्वका साथ हेरिएको छ ।

यस बैठकले सङ्घीय संरचनाअनुसार पार्टीको विधान पारित गर्ने र आगामी नीति तथा दृष्टिकोण समेत तय गर्ने बताइएको छ । काङ्ग्रेसले पार्टी स्थापनाकालदेखि नै महासमिति बैठक र राजनीतिक सम्मेलन गर्दै आएको छ । यस्ता बैठक र सम्मेलनले गरेका निर्णय पार्टी र मुलुकका लागि दुरगामी प्रभाव पार्ने तथा महत्वपूर्ण भएको नेपाली काङ्ग्रेसका नेता एवं इतिहासकार पुरुषोत्तम बस्नेतको भनाइ छ । पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीभित्र उठेका फरक फरक धारणालाई समेत सम्बोधन गर्ने बताइएको छ ।रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending