Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सत्य खोज्न आफँै जुटे पीडित

कैलाली । न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्षमा पुग्न नसकेपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा उनीहरू जुटेका हुन् ।

द्वन्द्वपीडित साझा चौतारीले सातै प्रदेशमा ‘सत्यको बयान’ अभियान शुरु गरेको छ । सत्य बाहिर ल्याउने अभियानका क्रममा चौतारीले यही मङ्सिर १७ गते सिराहाबाट उक्त अभियान शुरु गरेको थियो । पहिलो चरणमा प्रदेश नं २, ७ र ४ मा तथा २५ गते प्रदेश ५, ६ र ७ मा द्वन्द्वपीडितसँग उक्त अभियान चलाइएको हो ।

कैलालीमा आयोजित उक्त अभियानमा बाँके जिल्लाकी सुनिता पाठकले भन्नुभयो, “पीडित आफैँले आवाज नउठाएसम्म न्याय पाउने देखिँदैन, आयोगको भर छैन, पीडित आफैँले सत्य बाहिर ल्याउनु जरुरी छ ।”

आफ्नो बहिनी २०६२ सालमा कोहपुरबाट बेपत्ता भएपछि हालसम्म सास र लास दुवै फेला नपरेकोे उहाँको गुनासो छ । “पीडित पक्ष सत्य कुरा बाहिर आओस् भन्न चाहान्छन् । मेरो बहिनी मरी भने मरी भनिदिउन्, जीवित भए यहाँ छ भनिदिउन्”, सुनिताले थप्नुभयो, “ न सास नत लाससमेत नपाउँदा हामी यतिका वर्ष उनलाई नै खोजिरहेका छौँ ।”

बाँकेकी गीता साहलाई द्वन्द्वका समयमा दिइएको यातनाले अहिलेसम्म राम्रोसँग उनको शरीरले काम गर्दैन । साहले आफ्नो खुट्टामा अझै बन्दुकको छर्रा बाँकी रहेको देखाउँदै भन्नुभयो, “राज्यले उपचार खर्च रु ४० हजार दियो तर जीवनभर उपचार गर्न आफ्नो सबै सम्पत्ति बेचेर पनि नपुग्ने भयो ।”

उक्त अभियानमा यस्तै पीडा अन्य २० द्वन्द्वपीडितले सुनाए । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा धेरै निर्दोष नागरिक मारिए, बेपत्ता भए, अङ्गभङ्ग भए र घरबारविहीन पनि भए । ती पीडामा अझै द्वन्द्वरत पक्षले मलम लगाउन सकेको छैन ।

चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले शान्ति सम्झौता भएको १२ वर्ष हुँदा पनि र आयोग गठन भएको चारवर्ष बितिसक्दा पनि पीडितले कम्तीमा खुलेर आफ्ना पीडा सुनाउनसमेत नपाएको हुँदा ‘सत्यको बयान’ अभियान सञ्चालन गरिएको बताए ।

उनले भने, “आफ्नो सङ्घर्ष, भोगाइ र अनुभव पीडितबीच सुनाउँदा पनि मन हलुका हुन्छ, मलाई मात्र होइन अरुलाई पनि पीडा रहेछ भनेर थाहा पाइन्छ ।” चौतारीले पीडितको आवाजलाई एकीकृत गरेर न्यायका लागि आवाज उठाउन दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएकोे हो । पोखरामा आगामी पुस २ गते सो अभियान सञ्चालन गर्ने चौतारीको तयारी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy