Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

अब बगरमा खेती गर्नेलाई एक लाख बराबरको अनुदान

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताएका छन् ।

उनले ३० कठ्ठासम्ममा बगरखेती गर्नेलाई रु एक लाख बराबरको विभिन्न सहयोग गरिने बताए । त्यसैगरी व्यावसायिक रुपमा बसन्ती मकैखेती गर्ने किसानलाई पनि बीउको सम्पूर्ण अनुदान दिने र बजारीकरणका लागि सहयोग गरिने भएको छ ।

उपमहानगरपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि आयोजना गरिएको कृषक भेलामा बोल्दै नगर प्रमुख पाण्डेले उपमहानरपालिकाको धारणा सार्वजनिक गरेको हो । उनले उपमहानगरपालिकालाई हरियाली बनाउन किसानलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि बगरखेतीको अवधारणा ल्याएको बताए ।

कार्यक्रममा किसानलाई बसन्ती मकै र बगरखेतीका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा कृषि शाखाका प्राविधिक सहायक शङ्कर न्यौपानेले बसन्ती मकै वर्षमा तीन बाली लगाउन सकिने भएकाले व्यावसायिक रुपमा खेती गर्ने किसानलाई आग्रह गरे ।

प्राविधिक न्यौपानेले एक कठ्ठामा मकैखेती गर्नका लागि दुई हजार खर्च लाग्ने लाग्ने र रु १० हजारसम्म आम्दानी लिन सकिने जानकारी दिए । उनले तुलुसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा बगरखेतीको सम्भावना रहेको भन्दै लौका, तरबुजा र काँक्रालगायतको खेती गर्न सकिने भएकाले यसतर्फ लाग्न किसानलाई सल्लाह दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy