Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

सङ्घीयताको कार्यान्वयनका लागि समन्वय आवश्यक–रक्षामन्त्री

काठमाडौँ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको आज वसन्तपुरमा उद्घाटन गर्दै उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयका साथ अघि बढ्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री पोखरेलले भने, “हामीले राजनीतिक फैसला गरेर सङ्घीय संरचनामा गयौँ तर अहिले पनि प्रशासनिक र वित्तीय हिसाबले सङ्घीयताको नमूनालाई प्रयोग गर्न सकेका छैनौँ, आगामी हिउँदे अधिवेशनबाट कानून बनाएर प्रभावकारी कार्यान्वयनमा लगिनेछ ।”

उहाँले महानगरलाई नयाँ ढङ्गले विकास र समृद्ध बढाउन प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्कृति र पुरातात्विक सम्पदाको महत्वपूर्ण थलोका रुपमा परिचित काठमाडौँ महानगरको योजनाबद्ध विकासका लागि सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले महानगरपालिकाको दीर्घकालीन फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडाको ‘ल्याण्डफिल्ड’ क्षेत्रलाई व्यवस्थित बनाइने बताउनुभयो । “अब कुनै पनि दिन महानगरको फोहर उठेन भन्ने गुनासो नआउने गरी फोहर व्यवस्थापनको योजनाबद्ध कार्यक्रम अघि बढाएका छौँ, जसले वातावरण व्यवस्थापन र शहरी सौन्दर्यता कायम गर्नेछ,”–उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्यमबाट देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने क्रममा सबैभन्दा महत्वपूर्ण महानगरको संस्कृति र पुरातात्विक सम्पदा भएकाले यसको संरक्षण प्रवद्र्धनका लागि तीनै तहको सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इतिहास, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने महानगरको विकास र समृद्धिका लागि तीन तहका सरकारले समन्वय गरी योजना कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सम्पदा संरक्षणसँगै व्यवस्थित शहरीकरणका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको उल्लेख गरे । महानगरले प्रदेश सरकारको सहकार्यमा काठमाडौँलाई सफा धुवाँ, धुलोमुक्त शहर बनाउन विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइएको र अन्य महानगरसँग समन्वय गरी आधुनिक सुविधायुक्त विद्युतीय सवारी साधन सञ्चालन गरिने उहाँको भनइ थियो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्कीले प्राचीन सभ्यताको नगरी काठमाडौँ शहरलाई व्यवस्थित र समृद्ध बनाउन सरोकारवाला निकायसँग समन्वयका साथ अघि बढ्ने बताए । विसं २०५२ मा काठमाडौँ नगरपालिकालाई महानगरपालिको रुपमा घोषणा गरिएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकाको स्मारिका विमोचन गर्नु भएको थियो । सोही कार्यक्रममा काठमाडौँका प्रथम निर्वाचित पूर्व प्रमुख जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो भने महानगरको सुशासन कायम गर्न र महानगरलाई विभिन्न तवरबाट उल्लेख्य योगदान गर्ने पत्रकार, विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।

महानगरले १२१ जना परम्परागत बाजाका गुरुलाई नगद रु २५ हजारसहित सम्मान गरेको छ । त्यस्तै उत्कृष्ठ विद्यालय र करदातालाई पनि सम्मान गरियो । आगामी पुस ३ गतेसम्म चल्ने महोत्सवमा स्थानीय संस्कृति, खानाका परिकारको प्रदर्शनी तथा महानगरको विभिन्न गतिविधिसम्बन्धी कक्ष राखिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending