Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

२७ बुँदे घोषणापत्र जारी गर्दै जनमुक्ति पार्टीको अधिवेशन सम्पन्न

रुपन्देही। २७ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिको अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

पार्टीले आज बुटवलमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २२ र २३ गते बुटवलमा आयोजना गरेको अधिवेशनका निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जनमुक्ति पार्टीले जारी गरेको घोषणापत्र सार्वजनिक गर्दै महासचिब टोप अस्लामीले प्रदेश नं ५ को नाम लुम्बिनी–थरूहट–मगरात राख्न माग गरिएको बताए । उनले मुलुकमा भ्रष्टाचारका कारण समस्या सिर्जना भएकाले भ्रष्टाचारीलाई देशद्रोह घोषणा गरी सर्वस्वहरणसहित जन्मकैदको सजाय माग गरेको जनाए।

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग कलकारखानाको विकास गरी लगानीको क्षेत्रमा सरकार, निजी व्यवसायीका साथै स्थानीय समुदायको एकतिहाइ हिस्सेदारी सुनिश्चित गर्न घोषणापत्रमा माग गरिएको छ ।

सबै जाति र लैङ्गिक प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय राष्ट्रपतिमण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण सङ्घीयताको सुनिश्चित गर्न माग गरएिको छ । पार्टीले प्रदेशका ऐतिहासिकस्थल जीतगढी, आदिमानव रामापिथेकसको अवशेष भेटिएको बुटवलको चिडियाखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आग्रह गरेको छ ।

बुटवलदेखि लुम्बिनी, तिलौराकोट, नुवाकोट, बल्ढेङगडी र तानसेन जोड्ने विद्युतीय केबलकार सञ्चालनका लागि पहल गर्न माग गर्दै विद्युतीय सौर्य ऊर्जामा आधारित यातायात सेवालाई पहिलो प्राथमिकता दिन पार्टीले घोषणापत्रमार्फत सरकारसँग माग गरेको छ ।

जल, जमीन, जङ्गल र खानीको उपयोग गर्दा स्थानीयवासीलाई अग्राधिकार दिन, कला संस्कृतिको संरक्षण गर्न, सरकारी र गैरसरकारी संस्थामा महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गर्न, बेरोजगारलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न, उद्योग कलकारखाना, अस्पताल, शैक्षिक संस्था र पर्यटकीय क्षेत्रलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, सचिव बालकिशोर रानाले प्रदेशलाई समृद्ध बनाउन सबै जाति, भाषाभाषीलाई मिलाएर अगाडि लैजान आवश्यक रहेको बताए । प्रदेश अधिवेशनले झमबहादुर गुरुङको अधयक्षतामा ४१ सदस्यीय समिति गठन गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy