Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

निःशुल्क खाजा खुवाउन थालेपछि विद्यार्थीको संख्या ह्वात्तै बढ्यो

बागलुङ । बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको बालविकास केन्द्रले जनाएको छ । जिल्ला सदरमुकाममा बसोवास गदै आएका मजदूर, ठेला व्यापारी, मुस्लिम अभिभावकका अधिकांश विद्यार्थीले अध्ययन गर्ने केन्द्रमा निःशुल्क खाजा वितरण हुन थालेपछि विपन्न विद्यार्थीको आकर्षण बढेको हो । जिल्ला सदरमुकाममा रहेका महङ्गा मन्टेश्वरी तथा बोर्डिङ स्कुलमा पठाउन नसक्ने अभिभावक आफ्ना छोराछोरीलाई निःशुल्क खाजा सहितको शिक्षा प्रदान गरेकोमा विद्यालयप्रति आभारी भएका छन् । ‘विपन्न परिवारका छोराछोरी जसले खाजा ल्याएर विद्यालय आउन सक्दैनन् उनैलाई लक्षित गरी यस्तो अभियान ल्याएका हौँ’ निःशुल्क खाजा खुवाउने अभियानका आर्थिक संयोजक तथा पूर्व विद्यार्थी मुकेशचन्द्र राजभण्डारीले भने, “भोको पेटमा अध्ययन गर्दा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिँदैन भन्ने सोचका साथ निःशुल्क खाजा अभियान शुरु गरेका हौँ ।” विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा ख्याति प्राप्त पूर्व विद्यार्थी तथा शिक्षा प्रेमीबाट सहयोग सङ्कलन गरी निःशुल्क खाजा वितरण गदै आएको राजभण्डारीले बताए । बालविकास केन्द्रमा अध्ययनरत् ३० विद्यार्थीलाई दिनको एक पटक घरेलु खाजा प्रदान गरिँदै आएको केन्द्रका सहजकर्ता जमुना क्षेत्रीले बताए । खाजा वितरणको एक हप्ते सूचीनै तयार पारीे अण्डा, चना, दूध र लिटो मिलाएर खुवाउने गरेको केन्द्रले बताएको छ । यो वर्ष मात्र बालविकास केन्द्रको भौतिक सुधार, पोशाक, जुत्ता तथा झोलाका लागि विद्यालय तथा अन्य व्यक्तिको सहयोगबाट रु ६ लाख बराबरको रकम खर्च गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले जानकारी दिए । बालविकास केन्द्रलाई पूर्व विद्यार्थी तथा शिक्षा प्रेमी सहयोगीले आफ्नो तथा परिवारको जन्मदिन, वैवाहिक वार्षिकोत्सव तथा पितृहरुको सम्झनामा आर्थिक सहयोग गर्ने गरेका छन् । स्वतःस्फूर्तरूपमा हस्तान्तरण भएको आर्थिक सहयोगबाटै बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिँदै आएको विद्यालयले जनाएको छ । केन्द्रमा एकजना सरकारी दरबन्दी तथा एकजना स्थानीय स्रोतबाट गरी दुईजना सहजकर्ता रहेका छन् । केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउँदा एक महीनाको रु २३ हजार ५०० खर्च लाग्ने राजभण्डारीले बताए । निःशुल्क खाजा वितरणको शुभारम्भ गत असोज ८ गते विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले गरेका थिए। रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending