पौष ३ गते, २०७५ मगलवार 18th December, 2018 Tue१२:३५:३७ मा प्रकाशित
बागलुङ । काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेश घरबासका लागि उपयुक्तस्थल हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले घरबास योजना ल्याइएको हो ।
बौर, डोटा देउराली र रेश सामुदायिक घरबास गरी तीन घरबास सञ्चालनको तयारीमा छन् । “गाउँपालिकामा दर्ता गरी काम अघि बढाएका छौँ”, बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले भने ।
उनका अनुसार पहिले पूर्वाधार तयारी र प्रचारप्रसारलाई जोड दिइएको छ । तीन वटैमा गरी कूल २१ घरमा घरबास सञ्चालन हुनेछ । बौरका पाँच, डोटा देउरालीका सात र रेशका नौ घर समेटिएका छन् । सबैमा गरी झण्डै १०० पाहुना राख्न सकिने जनाइएको छ । घरबास चलाउनेमा दुई जनजाति बाहुल्य बस्ती हुन् ।
“पाहुनालाई सेवासुविधा कसरी दिन सकिन्छ भन्नेतिर लागेका छौँ”, अध्यक्ष पुनले भने, “पूर्णरूपमा सेवा दिन केही समय लाग्ला ।” घरबासमा आउने पाहुनालाई पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने योजना गाउँलेको छ । ग्रामीण जीवनशैली, रहनसहनले पनि पर्यटक लोभ्याउने ठानिएको छ ।
कोदो, मकै, गहुँ, फापर, तोरी, आलुजस्ता स्थानीय उत्पादनबाट बन्ने परिकार घरबासमा उपलब्ध हुनेछन् । नजिकै रहेको चापाखर्क पर्यटकको लागि अर्को आकर्षण बन्ने देखिन्छ । करीब १९०० मिटरको उचाइमा अवस्थित चापाखर्क हिमशृङ्खला अवलोकनको लागि उत्तम गन्तव्य हो ।
“चापाखर्कबाट दर्जनौँ हिमाल देख्न सकिन्छ, यहाँको वातावरण नै पर्यटक लोभ्याउने खालको छ” वडा नं ७ का अध्यक्ष प्रेम लामिछानेले भने । आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा समेत घरबासले टेवा पुर्याउने उनको भनाइ छ । त्यहाँ पुग्ने पर्यटक पदयात्रा मार्फत गाजा दह, भकुण्डे, भैरवस्थान पुग्न सक्छन् ।
“व्यवस्थित पदमार्ग, पार्क, दृश्यावलोकन स्तम्भजस्ता पर्यटकीय संरचना बनाउने योजना छ”, अध्यक्ष लामिछानेले भने, “घरबाससँगै रेशको समग्र पर्यटन विकास हाम्रो प्राथमिकतामा छ ।” उनले घरबासका लागि पूँजीगत अनुदान दिन प्रदेश सरकारसँग माग र प्रस्तावना पठाइएको जानकारी दिए । गण्डकी प्रदेश सरकारले तय गरेको कार्यविधि र मापदण्डअनुसार घरबास चल्नेछ ।
प्रदेश सरकारले पनि गण्डकीमा ३०० घरबास चलाउने योजना अघि सारेको छ । एउटा घरबासका लागि रु १० लाखसम्म अनुदान दिने नीति छ । रेशमा पर्यटक भित्र्याउन घरबासले टेवा पुग्ने ठानिएको छ । घरबासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ ।
ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरबास प्रभावकारी हुने ठानिएको छ । पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । बागलुङ सदरमुकामदेखि १५ किमी मोटर यात्रामा रेश पुग्न सकिन्छ । रासस
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: