उचित मूल्य नपाएको भन्दै कुखुरापालक किसान आन्दोलनमा
पौष ३ गते, २०७५ मगलवार 18th December, 2018 Tue१३:००:५८ मा प्रकाशित
झापा । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादन गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेले बताए ।
“पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उनले भने, “तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलन स्वरूप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उनले बताए ।
नेपाल कुखुरापालक सङ्घ केन्द्रीय समितिले खोरमा कुखुराका चल्ला नराखिने निर्णय गरेकामा त्यसलाई लाई पुस १ गतेदेखि कार्यान्वयन गरिएको सङ्घका झापा सचिव डिल्ली उप्रेतीले बताए ।
“पुस १ गतेदेखि जिल्लाभरका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छौँ’, उनले भने, “किसानको समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी रहने छ ।”
केही समयअघि प्रतिबोरा ९५० केजी० दानामा रू ५० वृद्धि गरिएको र त्यसलगत्तै रू ७५ ले पुनः वृद्धि गरिएको सचिव उप्रेतीले बताउनुभयो । गर्मी महीनामा चल्ला बचाउनै मुस्किल पर्ने र जाडोमा चल्ला खरीद गर्न नसकिने गरी मूल्य बढ्ने गरेको बताउँदै उनले भने, “यसबाट किसान मारमा परेका छन्, त्यसमा पनि एक दिने चल्ला ३५ ग्रामको हुनुपर्नेमा २५र३० ग्रामको मात्र हुन्छ ।”
किसानलाई जिउँदो कुखुरा उत्पादनमा प्रतिकेजी रू १६५ लाग्ने गरेको सङ्घका सदस्य रमेश भट्टराईले बताए । “अहिले किसान प्रतिकेजी १६५र१७० रुपैयाँमा कुखुरा बेच्न बाध्य छन्”, उनले भने, “बजारमा २८०र३०० रुपैयाँ प्रतिकेजी मासु बिक्री भइरहेको छ ।”
“पैँतालीस दिन कटेपछि कुखुरा बेच्नुको विकल्प हुँदैन”, उनले भने, “किसानको बाध्यताको फाइदा बिचौलियाले उठाइरहेका छन् ।” अहिले किसानको खोरमा ५० देखि ९० दिनसम्मका ७ केजीसम्मका कुखुरा रहेको उनले बताए ।
सीमावर्ती क्षेत्रका केही कुखुरापालक किसानले समेत भारतीय खुकुरा ल्याएर खोरमा हाल्ने र बेच्ने गरेको भट्टराईले बताएका थिए । “सीमा क्षेत्रका केही कुखुरापालक किसानले भारतीय कुखुरा ल्याएर हाल्ने र बेच्ने गर्नुभएको छ”, उनले भने, “यस्ता कारणले पनि नेपाली कुखुरापालक मारमा परेका छन् ।”
झापाको सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयातका कारण नेपाली कुखुरापालक किसान थप मारमा परेका हुन् । झापाको कचनकवलस्थित बनियानी र मेचीनगरको बाहुनडाँगी क्षेत्रबाट प्रहरी र व्यापारीको मिलेमतोमा भारतीय कुखुरा भित्रिने गरेको सङ्घको दावी छ ।
सीमा क्षेत्रबाट भारतीय कुखुरा आयात भइरहेको भन्दै सङ्घले जिल्ला प्रहरी कार्यालय झापालाई ध्यानाकर्षण समेत गराएको छ भने जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएको छ । आफ्नो समस्या समाधानका लागि पहल गरिदिन जिल्लाका चार स्थानीय तह शिवसताक्षी, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाइएको सदस्य भट्टराईले जानकारी दिए ।
कुखुरापालक सङ्घ झापामा ५५० किसान (सरकारी कार्यालयमा दर्ताका फर्म) आवद्ध छन् भने करीब २०० किसान असङ्गठित रूपमा रहेका छन् । त्यस्तै, देशभर करीब एक लाख ७५ हजार किसान रहेको सङ्घले जनाएको छ ।
कुखुरापालनका लागि झापामा मात्र किसानले वार्षिक चल्लामा रू १३ करोड २० लाख र दानामा १६ करोड ५० लाख खर्च गर्ने गरेको सङ्घले जनाएको छ । त्यस्तै, जिल्लामा वार्षिक रू ८५ करोड २५ लाख मूल्य बराबरको ५० लाख केजी जिउँदो कुखुरा उत्पादन हुने गरेको सङ्घले जनाएको छ । रासस
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: