Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

किसानको तोरीखेतीतर्फ आकर्षण बढ्दो

चितवन । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए । पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख सुधिर श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष एक सय हेक्टर क्षेत्रफल बढेको छ । किसानको तोरीखेतीतर्फ आकर्षण बढेसँगै क्षेत्रफलमा पनि वृद्धि भएको उनले बताए । गतवर्ष जिल्लामा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । यो वर्ष १२ हजार ५०० हेक्टरमा तोरी लगाइएको उनले बताए । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा १२ हजार तीन सय हेक्टरमा तोरी लगाइएको थियो । किसानले आफूले खानका लागि मात्रै भए पनि तोरी लगाउने क्रम बढेको उनले बताए । बजारको तेलमा मिसावट हुने आशङ्कामा किसानले आफ्ना लागि आफैँ उत्पादन गर्न लागेको श्रेष्ठको भनाइ छ । क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । यससँगै विकल्पका रूपमा यो मौसममा लगाइने आलुमा भन्दा तोरीमा लाभ बढी हुने देखिएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । तोरी लगाउन सजिलो र नाफा राम्रो हुने पनि श्रेष्ठ बताउनुहुन्छ । विगतका वर्षमा मलको अभाव भए पनि पछिल्ला वर्षमा तोरीमा प्रयोग हुने मलको आपूर्ति सहज हुनेगरेको छ । तोरीका लागि माटोमा बन्दक नामक तत्व आवश्यक पर्ने हुँदा त्यो तत्व दिने एमोनियम सल्फेट (चिनी मल) प्रयोग हुने गर्दछ । सो मलको प्रयोगले तोरीमा दाना पुष्ट हुने र तेलमा गुणस्तर वृद्धि हुने कार्यालयले जनाएको छ । श्रेष्ठका अनुसार यो वर्ष तोरीको उत्पादन गत वर्षको तुलनामा २५० मेट्रिकटन बढी हुने अनुमान गरिएको छ । गतवर्ष १३ हजार ५१६ मेिट्रकटन तोरी उत्पादन भएको यस जिल्लामा यो वर्ष १३ हजार ७५० मेर्टिकटन उत्पादन हुने उनले बताए । जिल्लाको माडी, भरतपुर महानगरपालिकाका केही स्थान र पूर्वी चितवनमा बढी मात्रामा तोरी लगाइन्छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy