Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

सिंजा । जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ । पहिला अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रको सिफारिश र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य परीक्षणको आधारमा महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्दै आएको थियो । तर गत साउनदेखि जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएपछि अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित भएका हुन् । अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्र, जुम्लाका अध्यक्ष नन्दराज धितालले अहिले कार्यालयमा अपाङ्गताको परिचयपत्र नपाएको गुनासो बढ्न थालेका बताए । “अहिले त्यो काम कसरी र कुन कार्यालयबाट हुन्छ भन्ने कुरा अन्योलमा छ”, उनले भने । सङ्घीयतापछि घरदैलोमा सरकारी सेवा सुविधा पाउने भनिए पनि अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाटै बञ्चित भएका छन् । कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द पुरीका अनुसार स्थानीय तहबाट सबै सामाजिक सुरक्षाका काम भएका छन् । तर अपाङ्गता परिचयपत्र भने वितरण गर्न सकिएको छैन । परिचयपत्र वितरणका लागि स्पष्ट निर्देशिका नभएकाले अहिले सम्म अन्योल छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार अपाङ्गता परिचयपत्र वितरणका लागि तीनवटै सरकारी तवरबाट समन्वय र सहकार्य गरी यस बारे छिटो निर्णय गर्नुपर्ने हुन्छ । कर्णाली प्रदेशमा दुई हजार ८६८ जना अपाङ्गता भएका बालबालिका छन् । तीमध्ये ८८५ जनालाई मात्र परिचयपत्र वितरण गरिएको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनमा उल्लेख छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy