Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सुन्तला बारी खाल्टेमा पुगे कृषिमन्त्री

स्याङ्जा । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताएका छन् । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू कृषकका समस्या बुझ्नका लागि सुन्तला बारी खाल्टेमा आएको बताए । मन्त्रालयले वालिङ नगरपालिका–४ सुन्तला बारी खाल्टेमा बुधबार आयोजना गरेको कृषकसँग मन्त्री कार्यक्रममा मन्त्री थापाले किसानका समस्या नजीकबाट बुझ्ने र उनीहरुका समस्या समाधान गर्ने उद्देश्यले मन्त्रालयले कृषकसँग मन्त्री कार्यक्रम सञ्चालन गरेको बताए । मन्त्री थापाले किसानलाई हावापानी सुहाउँदो व्यावसायिक खेतीमा लागेको खण्डमा राम्रो उत्पादन गर्न सकिने र किसानलाई आफ्नो व्यवसायमा स्थापित हुन सहज हुने बताए । ‘एक स्थानीय तह एक वातावरणमैत्री गाउँ’ बनाउने योजनामा मन्त्रालयले तयारी गरेको बताउँदै मन्त्री थापाले एक पालिका एक हाट बजार, एक वडा एक कृषि उपज सङ्कलन केन्द्र र एक तह एक कोल्ड स्टोर बनाउने योजना मन्त्रालयले बनाएको बताए । प्रदेशले राम्दी र मुग्लिनमा क्वारेनटाइन चेकपोष्ट बनाउने तायरी गरको बताउँदै यसले अस्वस्थ्य तरकारी माछा मासु तथा पशुपंक्षी आयात रोकिने मन्त्री थापाको भनाइ रहेको छ । किसानका समस्या र आवश्यकताको पहिचान गरी योजना बनाउने उद्देश्यले कृषकसँग कृषिमन्त्री कार्यक्रम सञ्चालन गरिएको मन्त्रलायका सचिव शरदचन्द्र श्रेष्ठले बताए । उनले कृषि तथा पशुपक्षीको सम्भावना भएका क्षेत्रको पहिचान गरी मन्त्रालयले पाँचौँ कार्यक्रमका रुपमा सुन्तला बारी खाल्टेमा कृषकसँग अन्तरक्रिया गरिएको बताए । सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले आफूहरुले उत्पादन गरेका सुन्तला र तरकारीले बजार नपाएको गुनासो गरे । खाल्टेमा सिँचाइको समस्या, सुन्तला खेतीमा लागेको रोग नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरे । एक हजार २०० मिटरको उचाइमा रहेको सुन्तला बारी खाल्टेमा गत आवमा २३ लाखको सुन्तला बेचेको र यस आवमा ५६ लाखको उत्पादन र पाँच वर्षभित्र डेढ करोड मूल्य बराबरको आम्दानी गर्ने लक्ष्य रहेको गुरुङले बताए । कार्यक्रममा किसानले चितुवा, दुम्सी, बाँदर, मृगलगायत वन्यजन्तुले खेतीपाती तथा तरकारी खेतीमा क्षति पु¥याएकाले यसको नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए । वालिङ नगरपालिकाका प्रमुख दिपीप्रताप खाँणले नगरपालिकाले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि यन्त्रको विकास गरिरहेको र त्यस यन्त्रलाई वन्यजन्तुको प्रभाव भएका ठाउँमा राखेर किसानका उत्पादनलाई सुरक्षित गरिने बताए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy