Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

एक महीनादेखि नगरवासी खानेपानीबाट वञ्चित

गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महीनादेखि खानेपानीबाट बञ्चित रहेका छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महीनादेखि खानेपानी पाउन नसकेर हैरान छन् । जलेश्वर नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा खानेपानीको ग्राहक रहेकोमा ती कुनै पनि वडामा विगत एक महीनादेखि पानी नआएकाले र उपभोक्ता काकाकूल भएका छन् । ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङजस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का राजकिशोर साहले बताए । करीब एक महीनादेखि खोपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुन लगायतका कामकाजमा निक्कै समस्या भएको जलेश्वर–४ का राजु श्रेष्ठले बताए । यस सन्दर्भमा नेपाल खानेपानी संस्थान जलेश्वरका प्रशासन प्रमुख अजयकुमार प्रसादले जलेश्वर नगरपालिकाको मुख्य बाटो भएरै शहरी विकास मन्त्रालयको कार्यक्रम अन्तर्गत एपेक्स जेभी रोशन कन्सट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लागेको क्रममा खानेपानीको पाइप ठाउँ ठाउँमा तोडेकाको कारण खानेपानी कार्यालयले पानीको सप्लाइ रोक्नुपरेको र सोही कारण उपभोक्ता खानेपानीबाट वञ्चित हुनुपरेको बताए । उनले खानेपानीको कुनै गल्ती कमजोरी नरहेको, खानेपानीमा पानी पर्याप्त मात्रामा जम्मा रहेको र खानेपानी कुनै पनि बेला पानी तयार रहेको बताए । तर नाला निर्माणको लागि ह्युम पाइप राख्नको लागि स्काइभेटरले बाटो खन्दा ठाउँ ठाउँमा खानेपानीको छ इन्च र आठ इन्चका पाइपका साथै मुख्य पाइप समेत तोडेको र अहिले सम्म पनि तोड्ने क्रम जारी रहेकाले पानी सप्लाइ दिएपछि पूरै शहर नै जलमग्न हुने भएकाले पानीको सप्लाइ रोकेको बताए । खानेपानी कार्यालयले जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र र महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पनि खानेपानी उपभोक्ताको समस्याबारेमा जानकारी गराउँदा उनीहरुले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मत सम्भार गर्नुपर्ने र खानेपानी उपभोक्ताले निर्वाधरुपमा पानी खानुपर्ने बताए, तर ठेकेदार कम्पनी आफ्नो कामप्रति मात्रै केन्द्रित भई खानेपानीको पाइप मर्मतमा खासै चासो नदेखाएको नगरवासीले गुनासो गरेका छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy