Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

जहाँका विद्यार्थी खुला चौरमा पढ्न बाध्य

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयसँग भवनसँगै बस्ने बेञ्च, डेक्सको पनि अभाव रहेको विद्यालयले जनाएको छ । चिसोको समय पनि चौरमा पढ्नुपर्ने समस्याका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चार वटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताए । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा साथ त्रिवेणी नगरपालिका–३ पुर्वुताका ठेकेदार खडक भण्डारी हाल भारतमा नोकरी गर्न गएका छन् । कामदार देखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म चारकोठे भवन विद्यालयलाई नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । ठेकेदारले हाल सम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको स्थानीय पारस रावलले जानकारी दिनुभयो । भवन सञ्चालन गर्र्नेबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय पनि बेखबर बनेको अभिभावकहरुले आरोप लगाएका छन् । भवन निर्माणपछि हस्तान्तरण नहुँदा विद्यार्थी मारमा परेका छन् । भवन भएरै पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता नगरपालिकाले नबुझेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ । बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपक विक्रम शाहले भवन निर्माण प्रक्रियाका बारेमा आफूले कसैले खबर नगरेको बताए। शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रु ३६ लाखमा भवन निर्माण गर्नुपर्ने भए पनि ठेक्का प्रक्रियामा भएकाले रु १२ लाख रकम निकासा भएको नगरपालिकाले जनाएको छ । निर्माणाधीन भवनका लागि नगरपालिकाले बजेट विनियोजन गर्न लागत अनुमान नभएका कारण कुनै आधार नभएको नगर प्रमुख शाहको भनाइ छ । समुदायले बनाउनुपर्ने भवन ठेक्का प्रक्रियामा दिँदा झन् समस्या आएको उनको दाबी रहेको छ । बाल विवाह रोक्न विद्यालयका निगरानी पत्र बाजुराको दुर्गम क्षेत्रमा रहेको गौमूल गाउँपालिकाले गाउँपालिकाभरि रहेका सम्पूर्ण विद्यालयमा पढ्दै गरेका छात्रछात्राले बीचैमा विद्यालय छोड्ने र बाल विवाह गर्ने क्रमलाई रोक्न २३ वटै विद्यालयलाई निगरानी पत्र पठाएको गौमूल गाउँपालिकाले जनाएको छ । विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई विद्यालय छोड्ने अनि बाल विवाह गर्ने कार्य पूर्णरुपमा बन्द गरी उनीहरूको सुन्दर भविष्य निर्माण गर्ने तथा पढाइप्रति बालबालिकालाई अभिप्रेरित गराउने उद्देश्यले सम्पूर्ण विद्यालयलाई निगरानी पत्र पठाइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउका छन् । उनले भने, “हामीले केही वडामा बाल विवाह भएको खबर पाएपछि उनीहरूका अभिभावक बोलाई बाल विवाह रोक्न सहयोग गर्न आग्रह गरेका छौँ ।” तेइस वटै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा पढिरहेका कुनै पनि बालबालिकालाई पढाइ छोड्न र बाल विवाह गर्न नदिन नियमित रेखदेख तथा परामर्श गर्न निर्देशन दिइएको अध्यक्ष रोकायाले बताए। कसैले बाल विवाह गरेको पाइएमा तत्काल गाउँपालिकालाई खबर गर्न पनि भनिएको छ । गाउँपालिका भित्र रहेका सबै वडाका बाल विवाह गराउने आमा बुबालाई गाउँपालिकाको कार्यालयमा बोलाई बाल विवाहबाट हुने समस्या र त्यसको न्यूनीकरणका विषयमा छलफलसमेत गरिएको उपाध्यक्ष सीता थापाले जानकारी दिएकी थिन् । गाउँपालिकाले अघिल्लो साता मात्र छ जोडीलाई बाल विवाह गर्न रोक लगाएर आ–आफ्नो घर पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ खनालले जानकारी दिएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy