पौष ५ गते, २०७५ बिहिवार 20th December, 2018 Thu१४:४०:०३ मा प्रकाशित
काठमाडौँ । घातरोग (स्ट्रोक) का कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन ।
विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्युदर बढी रहेको बताइन्छ ।
यसैबीच, घात रोगको उपचारमा कसरी सहयोग पुर्याउने तथा रोगको उपचारसमेत छिटोभन्दा छिटो कसरी गर्ने भन्ने ध्येयले ‘स्ट्रोक थ्रोम्बोलाइसिस २०१८’ सम्बन्धी तालीम कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।
सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएशनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उपत्यका बाहिरका विभिन्न अस्पतालमा कार्यरत ३० जना चिकित्सकको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी चिकित्सकलाई घातरोगको व्यवस्थापन र उपचार विधि माथि विज्ञ चिकित्सकले प्रशिक्षण दिएको उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी निर्देशक डा मधु देवकोटाले जानकारी दिए ।
घातरोगका प्राध्यापक डा जेपी अग्रवालले शहरी क्षेत्रका समिति घातरोग उपचारको पहुँचलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न चुनौती रहेको सन्दर्भमा तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । घातरोगका बारेमा जनचेतना कार्यक्रम आवश्यक रहेकोमा उनले जोड दिए ।
एशोसिएशनका अध्यक्ष प्रा डा लेखजङ्ग थापाले घातरोगको असर तत्काल देखिने हुँदा तत्काल दक्ष उपचारको आवश्यकता रहेको चर्चा गर्दै चिकित्सा क्षेत्रमा देखिएका नवीनतम् ज्ञान दिन तालीमले सहयोग पुग्ने विचार व्यक्त गरे । विश्वमा कूल मृत्यु मध्ये ८६ प्रतिशत यही रोगका कारण मृत्यु हुने सो अवसरमा जानकारी दिइयो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले ग्रामीण समुदायमा घातरोगका बारेमा जनचेतनाका कार्यक्रम आवश्यक रहेकोमा जोड दिँदै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने गरेका आक्रमण एवं तोडफोड हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भने ।
कार्यकारी निर्देशक डा देवकोटाले तालीम कार्यक्रमले नयाँ पुस्ताका चिकित्सकको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । तालीम कार्यक्रममा विशेषज्ञ डा सञ्जय कार्की, डा मनोज कुमार, डा राम कुमार घिमिरे, डा राजु पौडेल, डा बाबुराम पोखरेल, डा पङ्कज जलान, डा विवेक रौनियार, डा अभिनास चन्द्र, एशोसिएशनका अध्यक्ष डा थापाले प्रशिक्षण दिएका थिए ।
सन् २०१६ मा सो एशोसिएशन स्थापना भएको थियो । उच्च रक्तचाप, मधुमेह, धुमपान तथा मदिरापान सेवनकर्तालाई घातको बढी जोखिम हुने चिकित्सकले जनाएका छन् ।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: