Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

पुरानो परम्परालाई तोड्दै जमीनमा महिलाको स्वामित्व बढ्यो

दाङ । कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो । अझ अविवाहिता छोरीलाई त ‘उनीहरू अर्काको घर जाने जात हो, भोलि छोराले के खाला रु’ भन्ने समाजिक मान्यता थियो । त्यसैले घरको मालिक पनि पुरुष, जग्गाको मालिक पनि पुरुष, व्यवसायको मालिक पनि पुरुष हुने गर्दथे । तर त्यो परम्परा अहिले भने विस्तारै तोडिँदै गएको छ । सरकारले महिलाको नाममा जग्गा किनबेच गर्दा राजश्वमा केही प्रतिशत छुट दिने निणर्य गरेपछि महिलाको नाममा पनि सम्पत्ति राख्न थालिएको छ । राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा पास गर्न पुरुष पनि उदार देखिन थालेका छन् । सरकारले सम्पत्तिमा महिलाको अधिकार सुनिश्चत गर्ने उद्देश्यले महिलाको नाममा घरजग्गा नामसारी गर्दा राजश्वमा छुट दिने नीति ल्याएपछि दाङमा महिलाको नाममा घरजग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला मालपोत कार्यालय दाङका खरिदार पुरुषोत्तम खनालका अनुसार यस आर्थिक वर्षको हाल सम्ममा दाङका एक हजार ८७९ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा शहरी क्षेत्रका एक हजार ८६० जना र ग्रामीण क्षेत्रका १९ जना रहेका छन् । ती महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ७३ लाख पाँच हजार ६२४ राजश्व छुट भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७२र७३ मा शहरी क्षेत्रका पाँच हजार ९०९ र ग्रामीण क्षेत्रका दुई हजार ९८ गरी कूल आठ हजार सात महिलाको नाममा जग्गा पास गराउँदा रु दुई करोड १९ लाख ८५ हजार ८६८ राजश्व छुट पाएका थिए । वर्ष २०७३र७४ मा शहरी क्षेत्रका सात हजार ८९७ र ग्रामीण क्षेत्रका एक हजार ४३५ गरी जम्मा नौ हजार ३३२ महिलाको नाममा जग्गा पास हुँदा रु दुई करोड ८६ लाख १० हजार ७२३ राजश्व छुट पाएका थिए । आर्थिक वर्ष २०७४र७५ मा शहरी क्षेत्रका सात हजार ९९२ र ग्रामीण क्षेत्र ४७ गरी जम्मा आठ हजार ३९ महिलाको नाममा जग्गा पास भएको थियो । सो वर्ष महिलाले रु दुई करोड ७५ लाख पाँच हजार ६०१ राजश्वमा छुट पाएका थिए । कार्यालयका अनुसार सरकारको उक्त नीति लागू हुनुअघि जिल्लामा केही न्यून सङ्ख्यामा मात्र महिलाको नाममा जग्गा पास हुने गरेको थियो । अहिले त्यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । “हामी एकै रथका दुई पाङ्ग्रा हौँ, उनको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने रु त्यसैले अहिले किन्न लागेको घर जग्गा श्रीमतीको नाममा पास गर्न लागेको छु”, तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय हरि अधिकारीले भने । मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास गर्न आउनुभएकी तुलसीपुर–१२ की ४१ वर्षीया विष्णी रेग्मीले आफ्नो नाममा जग्गा राख्दा सुरक्षित पनि हुने र राजश्वमा पनि छुट पाउने हुँदा अहिले किन्न लागेको घरबासको जग्गा पास गराउन लागेको बताइन् । आफ्नो नाममा जग्गा पास गराउन मालपोत कार्यालय तुलसीपुरमा आएकी अर्की महिला उपमहानरपालिका–६ की ५२ वर्षीया सुशीला भट्टराईले महिलाको नाममा सम्पत्ति भएपछि महिला घरपरिवारबाट हेपिन नपाउने बताइकी थिन् । आफ्नो एकल निर्णयले श्रीमान्ले पनि जग्गा जमीन बेच्न नसक्ने उनको भनाइ थियो । “महिलालाई सशक्तीकरण गर्नुपर्छ भन्ने सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ साथै महिलाको स्वाभिमान पनि बढाएको बताउछन्”, मालपोत कार्यालय दाङका प्रमुख विनोद पौडेलले भने । उनका अनुसार सरकारको यो नीतिले सम्पत्तिमा महिलाको पहुँचलाई बढाएको छ भने उनीहरूलाई आत्मनिर्भर बनाउन पनि सहयोगी रहेको छ । यसले शहरी क्षेत्रका भन्दा बढी ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाएको छ । महिला अधिकारकर्मी तथा अधिवक्ता गोमा महराले पनि सरकारी नीति सकारात्मक भएको बताउनुभयो । उनले भन्नुभयो, “यसले महिलालाई सशक्तीकरण गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्न मद्दत पुगेको छ ।” रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy