Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

घरघरमा आम्दानी मूलक व्यवसाय

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीकी देवीकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका छोराको कमाइले परिवार चल्दैनथ्यो । उनको परिवारमा आम्दानीको बाटो पहिल्याउने कुनै मेसै थिएन । अहिले देवीकुमारीको जग्गा तरकारीले हराभरा बनेको छ । ४३ वर्षीया आचार्यको तीन रोपनी बढी जग्गामा टमाटर, बन्दा, काउली, लसुन लगायत विभिन्न जातका तरकारी फलेका छन् । ‘‘गर्दा के नहुने रैछ र रु छ हजार लगानीमा शुरु गरेको व्यावसायिक तरकारी खेती मेरा लागि राम्रो आम्दानीको स्रोत बनेको छ’’ देवीकुमारीले भने । उनले नपत्याउँदो ढङ्गबाट त्यही तरकारी खेतीबाट मासिक रु १६÷१७ हजार आम्दानी लिएकी छिन् । देवीकुमारीले आम्दानी र खर्चको विवरण समेत चुस्त राख्ने गरेकी छिन् । यसो गर्दा खर्च घटाउन र आम्दानी बढाउन सकिने उनको अनुभव छ । देवीकुमारी जस्तै हाल सो वडाबाट वैदेशिक रोजगारीमा गएकाको सबै परिवारले आम्दानीको बाटो समाएका छन् । उनीहरुले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी बचत गर्न तथा वैदेशिक रोजगारीबाट आफन्तले कमाएको रकम बचाउन थालेका छन् । विदेशीले दुःख गरी कमाएको रकमको महत्व बुझी घरैमा पनि आम्दानी बढाउनुपर्ने त्यहाँका स्थानीयको बुझाइ छ । यो खालको बुझाइ वित्तीय साक्षरता कक्षाबाट प्राप्त भएको स्थानीय महिला सुनाउँछन् । वैदेशिक रोजगारीमा गएको परिवारका सदस्य अर्थात् विप्रेषण सञ्चालकलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आम्दानीमूलक व्यवसाय शुरु गर्ने जाँगर पलाएको उनीहरुको भनाइ छ । परिवार सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण र भोलिका दिनमा कसरी आर्थिकरुपले सम्पन्न बन्ने भन्ने विषयमा छलफल भएपछि उक्त टोलका स्थानीयले विभिन्न सहकारी तथा वित्तीय संस्थामा बचत बढाएर जीवन बीमासमेत गराएका छन् । बाल सेवा समाज नेपाल नेर्पा खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाले पूरै वडामा परिवर्तन आएको छ । सहभागीलाई टनेल, पाइप, हजारी, स्प्रिङकल र विभिन्न जातका तरकारीका बीउसमेत वितरण गरिएको छ । उक्त सामग्रीलाई उपयोगमा ल्याएपछि झनै आम्दानी बढाउन सकिएको सहभागी बताउँछन् । सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाबाट वित्तीय लक्ष्य निर्धारण हुनुका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उपायाका बारेमा समेत छलफल गर्ने गरिएको छ । उक्त कक्षाका सहभागीले सिकेका कुरालाई व्यावहारिक जीवनमा प्रयोग गरेकाले सफल बनेको वित्तीय साक्षरता सहजकर्ता मीनप्रसाद आचार्यले बताए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy