दाङमा शिक्षालयको बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या २२ पुग्याे २५ भने घाइते
पौष ७ गते, २०७५ शनिवार 22nd December, 2018 Sat०७:२३:३४ मा प्रकाशित
दाङ। घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा.४ख ९७६६ नम्बरको बस शुक्रबार दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । १५ घाइते भएका छन् । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा अपराह्न ५ बजे तुल्सीपुर–३ राम्रीमा बस भिरबाट खसेको हो ।
अाजकाे कान्तिपुरदैनिकमा दबर छ - मृतकहरू अधिकांश विद्यार्थी रहेको अनुमान गरिएको छ । उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका असइ प्रमोद भण्डारीले मृतकको सनाखत हुन नसकेको बताए । राति अबेरसम्म पनि उद्धार कार्य जारी रहेको उनले बताए । घाइते दुईजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने १३ जनालाई बाँकेको कोहलपुर रेफर गरिएको छ ।
सडकबाट ५ सय मिटर तल बस खसेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । माथिबाट ढुंगा खस्ने समस्या भएकाले पनि उद्धार जटिल भएको दाङका सिडिओ गोविन्दप्रसाद रिजालले बताए ।
हामफालेर ज्यान बचाएकी घाइते हिमाली हमाल भन्छिन्–हेर्दाहेर्दै बस भिरबाट खस्यो
ओरालो सडकमा गाडी अगाडि बढ्दै थियो । एक्कासि गाडी अनियन्त्रित हुँदै भिरतर्फ बढेपछि सबै आत्तियौँ । चालकले गाडी नियन्त्रण गर्न सकिरहेका थिएनन् । हामी केहीले झ्यालबाट हामफाल्यौँ । एकैछिनमा भिरबाट खस्यो । गाडीमा १६ जना त हामी जुम्लाका मात्रै थियौँ ।
तुल्सीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विकले दुर्घटनामा ज्यान गुमाएका १२ जनाको शव स्थानीयले निकालेको बताए । ‘१६ वटा शव उठाएर अस्पताल पठाइएको छ, अरू ५ शव दुर्घटनास्थलमा फेला परे पनि निकाल्न सकिएको छैन,’ विकले भने, ‘अँध्यारो छ, भौगोलिक अप्ठ्यारोका कारण पनि उद्धारमा समस्या भएको हो ।’ केही शव गाडीले चेपिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको उनले बताए । उपचारका क्रममा एक घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयले यसै वर्ष वनविज्ञान अध्यापनका लागि स्वीकृत पाएको थियो । घोराही १७ गैरागाउँस्थित प्राथमिक विद्यालयका कोठा प्रयोग गरेर सञ्चालन भइरहेको शिक्षालयमा ४० विद्यार्थी थिए ।
हामफालेर ज्यान बचाएकी घाइते हिमाली हमाल भन्छिन्–हेर्दाहेर्दै बस भिरबाट खस्यो
ओरालो सडकमा गाडी अगाडि बढ्दै थियो । एक्कासि गाडी अनियन्त्रित हुँदै भिरतर्फ बढेपछि सबै आत्तियौँ । चालकले गाडी नियन्त्रण गर्न सकिरहेका थिएनन् । हामी केहीले झ्यालबाट हामफाल्यौँ । एकैछिनमा भिरबाट खस्यो । गाडीमा १६ जना त हामी जुम्लाका मात्रै थियौँ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: