Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

तेह्रथुमका दिलकुमार राई बने सफल व्यावसायिक किसान

तेह्रथुम। पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै पनि हुन्छ । त्यस्तै सपना थियो तेह्रथुमका लालीगुराँस नगरपालिका–९ स्थित सोल्मा सिजेपुरका दिलकुमार लिम्बूको पनि तर उनको त्यो सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले उहाँले गाउँमा परिवारसँगै बसेर व्यावसायिकरूपले गाईपालन गरी नमूना किसानको पहिचान बनाएको हो । बत्तीस वर्षे युवा दिलकुमारले अहिले गाउँमै ‘याङहिङवाङ गाई फार्म’ चलाएर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएका छन् । विसं ०७२देखि शुरु गरिएको उनको फार्ममा अहिले छ वटा उन्नत जातका दुधालु गाई र त्यति नै बाच्छी पनि छन् । ‘‘लाहुरे बन्ने रहरले उमेरमा पढ्न पढिएन”, उनी भन्छन्, “उमेर बितेपछि बुद्धि पलाएकाले स्वदेशमै बसेर काम गरेँ र यसबाट पनि नाम तथा दाम दुबै कमाउन सकिने रहेछ ।” उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालन सम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिकरूपले गाई पाल्न प्रेरणा मिलेको दिलकुमार बताउछन् । शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फार्म खोलेका उनले अलैँचीखेती पनि छ । “गाई फार्मका लागि शुरुमा करीब रु १० लाख लगानी गरी फार्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ”, दिलकुमार भन्छन् । अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उहाँ आफैँले गरेका छन् । यस्तो खेती गाउँमा थोरैको मात्र छ, मैले घाँसको बीउ पनि उत्पादन गरेको छु,’ उनी भन्छन्, “अहिले घाँसको बीउबाट पनि मनग्ये आम्दानी हुन थालेको छ । आफूले गोरखा, तनहुँ र चितवनसम्म पुगेर पनि उन्नत जातका घाँसको बीउ सङ्कलन गरेको र सो बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले आफैले उमारेको घाँसको बीउ खरीद गरेर लैजाने गरेका दिलकुमार बताउछन् । उनको फार्मबाट अहिले दूधमात्र दैनिक ४० लिटर बिक्री हुन्छ र मासिक ५० हजार बढी आम्दानी हुने गरेको छ । यो वर्ष घाँसको बीउ बेचेर रु १० लाख भन्दा बढी आम्दानी भएको उनी बताउछन् । फार्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले दिलकुमारले गाई फार्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडी समेत किनेका छन् । अहिले गाडीबाट पनि मासिक ७० हजारभन्दा बढी आम्दानी भइरहेको उनी बताउछन् । गाई फार्मदेखि घाँसखेती र दूध ढुवानीसम्म दिलकुमार आफै खटिन्छन् । उनको गाई फार्म र गाडीमा गरेर अन्य तीन जनालाई रोजगारी समेत मिलेको छ । गाई फार्म, अलैँचीखेती, घाँस र गाडीबाट गरी यो वर्षमात्रै उहाँको रु २४ लाख बढी आम्दानी भएको छ । “सबै खर्च कटाएर पनि आफूले मासिक रु एक लाख बढी आम्दानी गरिरहेको छु । मेहनत गरे स्वदेशमै पनि मनग्ये कमाइ गर्न सकिने रहेछ । अहिले त लाहुरे नभएकैमा स्वाद लाग्न थाल्यो ।” उनी भन्छन्, “जिल्लामा एउटा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाउनुभएका दिलकुमार अहिले आफ्नो जातीय लोकसंस्कृतिको संरक्षण र उत्थानमा पनि लागेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy