Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

विमानस्थल अध्यागमनमा चलखेल, मोटो रकमा ओभर स्टे सेटिङ

काठमाडौं । पर्यटक भिसामा आएर ओभर स्टे २४ जना उज्बेकिस्तानका युवतीलाई त्रिवि अध्यागमनले सेटिङ मिलाएर उडाएको फेला परेको छ। कानुनअनुसार पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी बस्न पाइँदैन। उज्बेक युवतीहरू भिसा सकिएपछि पनि लामो समय यहाँ बसिरहेका थिए। त्रिवि अध्यागमनका केही कर्मचारीले सेटिङमा यस्ता ओभर स्टे विदेशीहरूलाई उडाउने काम ३÷४ वर्षअघिदेखि नै गर्दै आएको खुलेको छ। अाजकाे अन्नपुर्ण पाेष्ट  दैनिकमा खबर छ - ओभर स्टे भएकाहरू जरिवाना तिरेर विभागले भिसा नियमित गरिदिएपछि मात्र फर्कन पाउँछन्। विभागबाट २ महिनायता जम्मा एक जना उज्बेक युवतीले मात्र भिसा नियमित गराएर फर्किएकी छन्। कात्तिक दोस्रो साता भिसा नियमित गर्न विभाग गएकी उज्बेक युवती याकासिमुरात मान्जुराले मनोरञ्जनका लागि यहाँ आएको बताएकी थिइन्। धेरै साथी नेपाल आउने÷जाने गरेको उनले बताएकी थिइन्। कस्तो मनोरञ्जनका लागि उज्बेकिस्तानबाट यहाँ आएको हो भन्ने प्रश्नको उनले भनिन्, ‘डोन्ट आस्क दिस क्वेस्चन !’ उनले ५ सय ४४ दिन ओभर स्टेबापत् २ हजार ७ सय ७० अमेरिकी डलर तिरिन्। ठूलो संख्यामा उज्बेक युवती किन यहाँ आउँछन् र ओभर स्टे गर्छन् अनुसन्धानको पेचिलो विषय बन्दै गएको छ। उनीहरू यहाँ आएर के गर्छन् न अध्यागमन न त कुनै सुरक्षा निकायलाई नै जानकारी छ। जानकारहरू यौन व्यापार गर्न उनीहरू काठमाडौं आउने बताउँछन्। उनीहरू यहाँबाट यौन व्यापारका लागि भारतका गोवालगायत अनेकौं पर्यटकीयस्थल पुग्ने गरेका छन्। राहदानी काठमाडौंमा राखेर स्थलमार्ग हुँदै बिचौलियाको मद्दतमा उनीहरू भारतीय सहर पुग्छन्। डिसेम्बरमा ओभर स्टे भएकाहरू भिसा नियमित गर्न अध्यागमनमा सम्पर्क गर्नु पर्नेमा उज्बेकहरू त्रिवि अध्यागमनमा सेटिङ गरी गएका हुन्। उनीहरूलाई यसरी सेटिङ गरी पठाउँदा १ करोड रुपैयाँभन्दा बढी रकम राज्यलाई घाटा पुगेको छ। उनीहरूलाई सेटिङमा पठाएको सूचना पाएपछि अध्यागमन विभागले छानबिन समिति बनाएको थियो। समितिले सत्यतथ्य प्रतिवेदन नदिएको स्रोले बताएको छ। उनीहरू जरिवाना नतिरी कसरी उडे अख्तियार अनुसन्धान दुरूपयोग आयोगले छानबिन थालेको छ। उज्बेक युवतीलाई सेटिङमा उडाएकोबारे उजुरी परेपछि आयोगले अनुसन्धान थालेको हो। स्रोतका अनुसार अध्यागमनका केही अधिकृतले ट्राभल एजेन्सीको मिलेमतोमा संगठित तवरबाट अझै पनि सेटिङमा ठूलो संख्यामा उज्बेक युवती उडाइरहेका छन्। नियमपूर्वक उडेकाको समेत अभिलेख हेर्दा ठूलो गोलमाल देखिएको छ। त्रिवि अध्यागमन स्रोतका अनुसार कतिपय उज्बेक युवती आएको भोलिपल्टै फर्किएको देखिन्छ। उनीहरूको यहाँ आएको र फर्किएको समयसमेत मिल्दैन। यसरी उडेका उज्बेक युवतीको तथ्यांकसमेत सिस्टममा नराखेको पाइएको छ। प्रस्थान अनुमति दिएर इन्ट्री नगर्दा उनीहरू आए÷गएको वा नगएको कुनै जानकारी सिस्टममा देखिँदैन। भदौमा करिब १८ जना ओभर स्टे उज्बेक युवतीको भिसा नियमित गर्न केही एजेन्ट अध्यागमन विभाग गएका थिए। उनीहरू त्यसपछि फेरि विभाग गएनन्। डेढ वर्षअघि २०७४ असार अन्तिम साता भिसा किर्ते गरेर अध्यागमन कर्मचारीको सेटिङमा भारत जान लाग्दा उज्बेक युवती नाजोकात जारिपोरा जेट एयरलाइन्सबाट पक्राउ परेकी थिइन्। गैरकानुनी बसाइको भिसा र विलम्ब शुल्कको झन्डै ७ लाख र ओभर स्टेको ५० हजार रुपैयाँ जरिवाना छल्न सेटिङमा उज्बेकिस्तान जान लागेकी थिइन्। जरिवानाको साटो ३ लाखमा उनले अध्यागमनमा बिचौलियामार्फत् सेटिङ मिलाइन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending