Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दाङ बस दुर्घटनाः भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाए

नारायणपुर। बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाएका थिए । विद्यार्थीको निधनपछि सो शिक्षालयको पठनपाठन प्रभावित बनेको छ । “यसै वर्षदेखि शिक्षालय सञ्चालनमा आएको हो,” शिक्षालयका संयोजक केशरमान विसीले भने, “शिक्षालयको उद्घाटनसमेत गरिएको थिएन ।” कक्षा सञ्चालन भएको एक महीना नबित्दै शिक्षालयमा भर्ना भएकामध्ये करीब आधाभन्दा बढी विद्यार्थीले ज्यान गुमाएको विसीले बताए । वनभोजका लागि विद्यार्थीलाई सल्यान नलगिएको उनको भनाइ छ । “पाठ्यक्रमअन्तर्गत अभ्यासका लागि विद्यार्थीलाई नजिकको वनस्पति उद्यान लगिएको हो,” उनले भने । विज्ञान विषय अध्ययन गर्नका लागि शिक्षालयमा ३७ विद्यार्थी भर्ना भएका थिए । छात्रवृत्तिबाट थप तीनजना भर्ना गर्नुपर्ने थियो । शिक्षालय प्रमुख यादव सुवेदीका अनुसार ३४ विद्यार्थी भ्रमणमा गएका थिए । “दुई विद्यार्थी कपुरकोटमै झरेका कारण दुर्घटनामा ३२ विद्यार्थी परे,” उनले भने । उन्नाइस विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । “घाइतेसहित अब १८ विद्यार्थी शिक्षालयसँग छन्” सुवेदीले भने, “घाइते तेह्र विद्यार्थीमध्ये १२ को काठमाण्डौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।” अहिले पाँच विद्यार्थी मात्रै सशुकल अवस्थामा छन् । “तत्काल शिक्षालयले कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन,” सुवेदीले भने । घाइते अधिकांशको यस वर्ष अध्ययन गर्न सक्ने अवस्था छैन । शिक्षालयको पहिलो वर्षको शैक्षिकसत्र प्रभावित बनेको छ । शिक्षालयका संयोजक विसी बाँचेका विद्यार्थीबाट नै पठनपाठन पुनः थालिने बताउछन् । “यस वर्ष पुनः विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छैन, विद्यार्थी अन्यत्रै भर्ना भइसकेका छन्,” विसीले भने। नमस्ते राप्ती यातायात प्रालिले घाइतेको सम्पूर्ण उपचार समितिले बेहोर्ने जनाएको छ । शनिबार प्रालिको बा४ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु तथा १४ जना घाइते भएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending