Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

लोकल कुखुरापालनबाट मनग्य आम्दानी

गाईघाट । वैदेशिक रोजगारीबाट फर्केपछि त्यहाँको सीप र अनुभव उपयोग गर्दै आफ्नै गाउँघरमा स्वरोजगार बन्नेक्रम बढ्न थालेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने दीपक राईले स्थानीय जातका कुखुरा पाल्न थालेपछि मासिक रु ५० हजार सम्मको कुखुरा बिक्री गर्न थालेका छन् । सात वर्ष अगाडि वैदेशिक रोजगारीबाट स्वदेश फर्केका राईले चार वर्षदेखि स्थानीय जातका कुखुराको फार्म सञ्चालन शुरु गरेका थिए । अहिले मासिक रु ५० हजार बराबरको कखुरा बिक्री गर्ने गरेको राईले बताए । आफूसँग अहिले घर परिसरको पाँचकठ्ठा जग्गामा चार वटा लोकल कुखुरा फार्म रहेको र तीन हजार सम्म कुखुरा फार्ममा रहेको राईले बताए। सबैले ब्रोइलर कुखुराको फार्म सञ्चालन गर्ने गरेका छन् नि भन्ने प्रश्नमा राई भन्छन् “ धेरैले ब्रोइलर पाल्छन् तर मैले स्वाद र धेरै मानिसको रोजाईमा पर्ने स्थानीय जातको कुखुरा फार्म सञ्चालन गरेको हुँ, यसको फार्म नै चलाएर राम्रै आम्दानी गर्न सकिन्छ ।” दुई वर्षसम्म लोकल कुखुरा हुर्काउन लाग्यो । धेरै भाले पोथी हुर्केपछि अहिले भने आफ्नै फार्मबाट कुखुरा उत्पादन हुने गरेको राईले बताए । प्रतिकिलो मासु रु ६०० देखि ७०० सम्म पर्छ । “लोकल कुखरा प्रायः गाउँमा र गाईघाट बजारका होटलमा धेरै बिक्री हुने हुनाले बजारको पनि खासै समस्या छैन,” राई बताउछन् । कुखुरा फार्ममा नै बिक्री हुन्छ । वार्षिक रु छ लाख हाराहारी कुखुरा बिक्रीबाट आम्दानी हुने गरेको राई बताउछन् । अरुले चाँहि विदेशबाट आएर ब्रोइलर कुखुराको फार्म सञ्चालन गरे पनि राईले भने विदेशको अनुभव स्वदेशमा आएर स्थानीय जातको कुखुराको फार्म सञ्चालन गरेका हन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy