Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनु पर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएको हो । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा बोक्सी र छाउपडी प्रथाविरुद्ध पनि कलम चलाउ आग्रह गरे । “लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर पत्रकारले शक्तिमा रहेकालाई खबरदारी गर्न र आवाजविहीनका आवाजलाई उजागर गर्नुपर्छ ।” उनले भने, “ठूलो हैसियतका व्यक्तिलाई मात्र समाचारमा प्राथमिकता नदिई कर्णालीका मुख्य समस्यालाई पनि उजागर गर्नुपर्छ ।” मन्त्री ज्वालाले दुर्गम कर्णाली क्षेत्रको विकासका लागि प्रादेशिक सरकारको हेलिकप्टर र हवाइजहाज पनि आवश्यकता भएको जानकारी दिँदै मन्त्री ज्वालाले प्रदेश सरकार र पत्रकार मिली अब कर्णालीको परिचय दिनुपर्ने र प्रदेशको गरीबी, भोकमरी र व्याप्त अन्यायविरुद्ध लाग्न सबै एकबद्ध हुनुपर्नेमा जोड दिए । कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायले मोफसलका पत्रकारले कर्णालीका मुख्य समस्या र विषयलाई नै समाचारमा पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए। राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जिम्मेवार, स्वच्छ र तथ्यगत पत्रकारितामा कर्णाली प्रदेश सधैँ अगाडि हुनुपर्ने बताउँदै व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिता नगर्न पत्रकारलाई आग्रह गरे । उनले प्रदेश सरकारले छुट्टै टेलिभिजन र रेडियो स्थापना नगरी राससलाई नै स्रोत तथा साधन सम्पन्न बनाउन प्रदेश सरकारसँग आग्रह गर्दै राससले निकट भविष्यमा नै भिडियो सेवा पनि शुरु गर्ने जानकारी दिए। राससका महाप्रबन्धक ओपेन्द्र शर्माले सबै स्थानीय तहमा यो संस्थालाई विस्तार गरिने र निकट भविष्यमा प्रदेशबाट पनि बुलेटिन प्रकाशन गरिने जानकारी दिए । प्रशिक्षणमा समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजपूर्ण समाचार, समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र संसदीय समाचार सङ्कलन, फोटो पत्रकारिता, प्रदेश सञ्चार नीति तथा सूचनाको हक एवं सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सञ्चारबारे जानकारी गराइएको थियो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कर्णाली प्रदेश पहिलो हो । प्रशिक्षण यही पुस ८ गतेदेखि उक्त प्रशिक्षण आयोजना गरिएको थियो । हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लाका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका ४४ पत्रकार सहभागी उक्त प्रशिक्षणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रदेश आन्तरिक मन्त्रालयका सचिव तोयनारायण सुवेदी उपप्राध्यापक कमलेश डिसीका साथै राससका अध्यक्ष श्यामल, सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, स्थानीय समाचारदाता संयोजक प्रकाश सिलवाल र फोटो पत्रकार प्रदीपराज वन्तले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy