Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

जङ्ली हात्तीको आतङ्कले बासिन्दा आतङ्कित

बर्दिवास। महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रको चुरे काछका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित भएका छन् । जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने चुरे काछ (चुरे पहाडको फेदी, काप) का बासिन्दा लगातार जङ्ली हात्ती बस्तीमा पसेर उत्पात मच्चाइ रहेपछि आजित भएका हुन् । पछिल्लो पटक मङ्गलबार राति तीनवटा जङ्गली हात्तीले बर्दिवास–५ सोनापेटीका विमान थिङ, चेरुका विष्णु ढुङ्गेल, गणन्ताका साने श्रेष्ठ र ढुङ्ग्रेका निर्मल दर्लामीको घर भत्काएको छ । मध्यरातपछि समूहमा बस्ती पसेको हात्तीले केराका थाम, पाखाबारीको मकै, बन्दाकोबी, पूmलकोबी र अरहर ९रहरी० लगायतका बाली उखेलेर, लडाएर नोक्सान गरेका चेरु बस्तीका सामाजिक कार्यकत्र्ता तिलक कार्कीले जानकारी दिए । हात्तीको समूह बिहान झिसमिसेमा सघन वनक्षेत्र पसेका चेरुका बासिन्दाले बताएका छन् । यसअघि लाग्दो पुसमै बस्ती पसेका हात्तीले बर्दिवास–१ को भब्सी, चिहानडाँडा र गालटारमा तीनवटा गोठ भत्काएको थियो । पछिल्ला तीन वर्षयता तीनवटाकै सङ्ख्यामा केही दिनको फरकमा बस्ती पस्ने गरेका हात्तीको समूहले बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी, पाटु र वरडाँडामा गतदशैँ पर्वको बीचमै पाँचवटा घर भत्काएर बालीनाली माडीमैदान पारेको थियो । वर्षेनी जङ्गली हात्तीको बस्ती प्रवेशले यहाँका सर्वसाधारण त्रसित भएका छन् । पछिल्ला तीन वर्षयता बस्ती पस्ने गरेका हात्तीको सङ्ख्या तीनवटै देखिनाले उनै हात्ती घुम्दैफिर्दै यहाँ पस्ने गरेको बुझिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । चुरे पर्वत शृङ्खला छेउछाउ हुँदै विचरण गर्ने गरेको हात्ती केही वर्ष पहिलेदेखि नै चितवन निकुञ्ज क्षेत्रबाट बिच्किएर निस्किएका हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताए । पछिल्लो पटक हात्ती बस्ती पसेपछि बर्दिवास नपाका चुरे काछका बासिन्दा राति पालेपहरा बसेर आफ्नो घरबारी र बालीनाली सुरक्षा गर्न पर्ने टुङ्गोमा पुगेका छन् । इप्रका बर्दिवासका प्रनाउ पोखरेलले हात्ती पसेको जानकारी पाउनासाथ तिनलाई लखेट्न स्थानीयवासीको सहयोगमा प्रहरी परिचालित गरिने बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy