Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

मुख्यमन्त्री शाही भन्छन्- उत्पादनको योजना नबनाई समृद्धि हाँसील हुदैन

रुकुम। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आर्थिक समृद्धिका लागि उत्पादनको योजना वनाउन आवश्यक रहेको बताएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा वुधवार चौरजहारीमा सम्पन्न सर्वपक्षिय अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आर्थिक समृद्धि हाँशील गर्न हरेक स्थानीय तहले उत्पादनको योजना निर्माण गर्नुपर्ने बताए ।  हरेक नागरिकले कुनै न कुनै व्यवसायीक उत्पादनको थालनी गर्नुपर्ने भन्दै मुख्यमन्त्री शाहीले उत्पादन विना आर्थिक समृद्धि हाँशील नहुने बताए । अर्गानिक कृषिजन्य वस्तुको विश्ववजारमा ठुलो माग रहेको बताउदै उनले व्यवसायिक कृषिको विकासले मात्रै पनि मुलुक आर्थिक रुपले आत्मनिर्भर हुनसक्ने बताए । ‘विकासको दायित्व राज्यको हो, सडक, पुल, सिंचाई, खानेपानी लगायतका भौतिक पुर्वाधारको विकास राज्यले गर्छ ।’ मुख्यमन्त्री शाहीले भने– ‘तपाईहरु सवैजना उत्पादनको योजना वनाएर कार्यान्वयनमा लाग्नुहोस ।’ चाउचाउ वोकाएर ट्रक भित्र्याउने र रित्तै फर्काउने स्थितिले जनताको जिवनमा विपन्नता मात्रै आउने वताउदै मुख्यमन्त्री शाहीले ट्रकका ट्रक स्थानीय उत्पादनले भरेर वजारमा पठाउनुपर्ने बताए । उत्पादनका विकास र वजारीकरणका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको वताउदै मुख्यमन्त्री शाहीले मागको आधारमा उत्पादनमा लाग्न आग्रह गरे । मुख्यमन्त्री शाहीले चौरजहारीले कर्णाली प्रदेशको आर्थिक केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको वताउनुभयो । कृषि तथा जडीवुटीजन्य उद्योगको राम्रो सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले चौरजहारीलाई औद्योगिक शहरको रुपमा विकास गरिने बताए । सल्लीवजार चौरजहारी सडकको स्तरोन्नति र कालोपत्रेका लागि प्रदेश सरकारले ६ करोड वजेट विनियोजन गरिएको र कार्यप्रगतिको आधारमा वजेट थप गरिने प्रतिवद्धता व्यक्त गरे । वुधवार विहान चौरजहारीको लहरेसिमलमा रहेको लहरेसिमल दुग्ध उत्पादन फर्मको अवलोकन गरेका मुख्यमन्त्री शाहीले चौरजहारी नगरपालिका कृषि उत्पादनका लागि उपयुक्त रहेको बताए । कार्यक्रममा वोल्दै भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले चौरजहारी नगरपालिका भित्रका कृषि योग्य जमिनमा सिंचाई प्रवन्ध गर्न आफु लागिपरेको बताए । मन्त्री केसीले चौरजहारीको खाद्यान्न उत्पादनले सिंगै कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर वनाउने वताउदै व्यवसायिक कृषिको विकासका लागि मन्त्रालय आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा र चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले आआफनो धारणा राखेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy