Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

  हात्ती आतङ्कबाट पीडित

राजविराज । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण त्यस क्षेत्रका बासिन्दा जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिक जसो रातको समयमा आउने हात्तीका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरी हनुमाननगर कङ्कालनी नगरपालिका–३ निवासी सोभितलाल पघैया यादवले गुनासो गरे । हात्ती आरक्षबाट निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउँदै लगाएको गहँुबालीमा समेत ठूलो क्षति गर्ने गरेको उनले बताए । ती हात्तीले गाउँ पसेर बाली खाने र कुल्चेर बाली कुल्चेर नष्ट गर्ने गरेको पाइएको छ । दुई दिन अगाडि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट तीन समूहमा आएको हात्तीले सप्तरीको कञ्चनरुप १२ सीतापुरमा तीन घर भत्काएर अन्नपात खानुका साथै घरमा रहेको खाट र भाडाकुँडा तोडफोड गर्दा रु एक लाखौँको क्षति भएको स्थानीयवासी उत्तम अचार्यले जानकारी दिए । सो हात्तीले दर्जनौँ किसानले खेतमा लगाएको गहुँ बाली र केरा कुल्चेर नोक्सान गरेका छन् । “जब रात पर्छ तब गाउँलेमा डर र त्रास उत्पन्न हुन्छ, कुनबेला जङ्गलबाट हात्ती आएर जीउधनको क्षति हुन्छ त्यसको टुङ्गो छैन,” स्थानीय होमबहादुर कार्कीको भनाइ छ । त्यस्तै सप्तरीको रुपनी गाउँपालिकामा दुई महीनादेखि हात्तीले बितन्डा मच्याएर जनजीवन आतङ्कित बनाउँदासमेत सम्बन्धित निकाय बेखवर रहेको स्थानीयवासीको आरोप छ । हात्तीको समूहले बस्ती पसेर रुपनी गाउँपालिका–६ का हहुरी चौधरी, बमबहादुर राउत र रक्तमाला देवीको घर भत्काएर क्षति गरेको आचार्यले बताए । हात्तीले घर भत्काउँदा रुपनी गाउँपालिका–६ का कामीसिंह तामाङ, वडा नम्बर २ का जमुना तामाङ लगायतका दजनाँै घरपरिवार विचल्लीमा परेका छन् । उनीहरु छिमेकी र आफन्तकोमा शरण लिएर बस्दै आएका छन् । जङ्गली जनावर दिनभरि गाउँ नजिकको जङ्गलमा बस्छन् । राति बस्ती पसेर घर भत्काउछन् । किसानले लगाएको अन्नबाली समेत नष्ट गर्छ । तर हात्ती नियन्त्रणमा कुनै पनि निकायको ध्यान पुग्न नसकेको स्थानीवासीको गुनासो छ । पटक पटक हात्ती आतङ्कले सप्तरीको उत्तरी क्षेत्रका बासिन्दाले समस्या झेल्दै आएका छन् । हात्ती आतङ्कले जिल्लाको भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर र घोघनपुर सहितका ठाउँमा दिनहँु हात्ती आउने र घर तोडफोड गरी आतङ्कित गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।यसैबीच दैनिक हुने हात्ती आतङ्क नियन्त्रण नभए आन्दोलनमा जान सकिने स्थानीयवासीको भनाइ छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy