Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

‘ए’ डिभिजन लिग :उपाधि भिडन्त आज

काठमाडौँ । तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ । जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँ पटक उपाधि जित्नेछ भने सङ्कटाले जिते मनाङले अर्को खेलसम्म कुर्नुपर्नेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ः३० बजे हुने खेलमा मनाङले सङ्कटालाई हराउन सके कीर्तिमानी आठाँै पटक ए डिभिजन लिगको उपाधिमा कब्जा गर्नेछ । अहिलेसम्म मनाङले २०४२–२०४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० तथा सङ्कटाले २०३७, २०४० र २०४२ सालमा उपाधि जितिसकेका छन् । घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो मनाङ । पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ । तीन अङ्क जोड्न सके मनाङले दुई खेलअगावै प्रतियोगिताको उपाधि जित्नेछ । अहिले मनाङको १० खेलबाट ३० अङ्क तथा समान खेलबाट सङ्कटाको २५ अङ्क छ । लिगको रोमाञ्चकतालाई अन्तिमसम्म बचाइ राख्ने जिम्मेवारी भने सङ्कटाको काँधमा छ । आजको खेलमा सङ्कटाले जिते लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले सङ्कटाको लिग जित्ने गणितीय सम्भावना समेत बाँकी राख्नेछ । यस सिजन अपराजित एक्लो टोली मनाङले दशौँ चरणसम्म शतप्रतिशत नतिजा हात पारेको छ । सङ्कटाले भने आठमा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अङ्क जोडेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy