Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नक्कली बीमा गराई ठगी गर्ने कारागार चलान

काठमाडौँ । वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडाँै जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मी सहितका व्यक्तिले विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । उनीहरु मध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उदयपुरका भोला पोखरेल रु दुई लाख धरौटी तिरेर छुटेका छन् भने काभ्रे घर भई हाल काठमाडौँ चाबहिल बस्ने सिंहबहादुर लामा र स्याङ्जाका ध्रुव रेग्मीे धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौँले लामालाई रु दुई लाख र ध्रुव रेग्मीलाई रु दुई लाख ५० हजार धरौटी माग गरेको थियो । लामा वल्डवेज मेनपावर इन्सुरेन्सका श्रम प्रतिनिधि हुन् भने अन्य प्राइम लाइफ इन्सुरेन्सका कर्मचारी भएको प्रहरीले जनाएको छ । प्रकाश रेग्मी १७ को नक्कली बीमालेख जारी गरेको मुद्दामा गएको वैशाखमा रु एक लाख धरौटी तिरेर तारेकमा छुटेका व्यक्ति हुन् । त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला पुनःनक्कली बीमालेख बनाई ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको हो । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा मङ्सिरमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–९ मिलनटोलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो । वल्डवेज म्यानपावर इन्सुरेन्सबाट लामामार्फत बीमाको लागि आवश्यक कागजात प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा कार्यरत प्रकाश रेग्मीले बुझेकोमा हालसम्म प्राइम लाइफ इन्सुरेन्स कम्पनीको नामबाट ७०९ वटा नक्कली बीमालेख जारी गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । अहिलेसम्म ४३४ वटा नक्कली बीमालेख भेटिए पनि अन्य विषयमा अनुसन्धान जारी रहेको ब्यूरोको भनाइ छ । अन्य म्यानपावर तथा व्यक्तिगत रुपमा समेत बीमा कम्पनीका कतिपय बीमालेख नक्कली हुनसक्ने भएकाले सम्बन्धित कम्पनीमा गई रुजु गर्न तथा नक्कली भएमा उजूरी गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy