Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

राज्यमन्त्री चौधरीद्वारा कालीमाटी बजार अनुगमन, कानुन उलंघन गर्नेलाई कठोर कदम चाल्ने चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नियम, कानुन र मापदण्ड उलंघन गर्ने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याइने बताएकी छिन् । कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनपछि राज्यमन्त्री चौधरीले कानुन सबैलाई समान रुपमा लाग्ने भन्दै उलंघन गरे कार्वाही गर्न सरकार पछि नहट्ने बताइन् । जेठ २१ गते मन्त्री चक्रपाणी खनालको नेतृत्वमा अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्य मन्त्री चौधरी बिहीबार बिहान कालिमाटी पुगेकी हुन् । उनले पहिलेको तुलनामा सरसफाइ र व्यवस्थापनमा केही सुधार भए पनि अरु धेरै सुधार गर्नु पर्ने ठाउँ रहेको बताइन् । ‘पहिलो पटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो, राज्य मन्त्री चौधरीले भनिन्, ‘अहिले त्यसमा केही कमि आएको जस्तो देखिएको छ तर यतिले मात्र पुग्दैन ।’ कालिमाटी मुख्य तरकारी तथा फलफूल बजार भएको भन्दै चौधरीले त्यहाँ जस्तो हुन्छ देशभरी त्यस्तै सन्देश जाने भएकाले बजारको स्तरोन्नतीका लागि सबैको उत्तिकै पहल गर्नु पर्ने बताइन । विकृति अन्त्य गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै राज्य मन्त्री चौधरीले भनिन्, ‘अर्को पटक आउँदा सुधारको नमून देख्न पाइयोस् ।’ राज्य मन्त्री चौधरीले परिक्षण प्रयोगशालाको पनि निरिक्षण गरेकी थिइन् तर उक्त प्रयोगशाला प्रयोगशाला जस्तो पनि नभएको उनको टिप्पणी थियो । व्यवशायीले भने तरकारी तथा फलफूल बजार सानो भएको, कृषि उपज ढुवानी गर्ने सवारी साधानमा निर्वाध प्रयोगमा समस्या रहेको, मिडियाले विभिन्न आक्षेप लगाएर आफूहरुलाई एकतर्फी पेल्ने काम गरेको जस्ता गुनासा गरेका थिए । यद्येपी उनीहरुले बजार सुधारका लागि जुनसुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको बताएका छन् । ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालिमाटीमा ५६३ वटा स्टर रहेका छन् । जेठ २१ गते मन्त्री खनाल र राज्य मन्त्री चौधरीको अनुगमनपछि कार्वाहीका लागि सिफरिस गरिएका ९८ जना व्यवशायीलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टिकरण सोधी ५७ जना व्यवशायीको इजाजत खारेज गरेको थियो । तर अदालतको ढोका ढक्ढकाउन पुगेका २६ जना व्यवशायीको भने स्टल खारेज नगराउनु भनि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending