Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

उखुबारीमै सख्खर बनाउँदै कृषक

बनियानी । झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गरेका छन् । जग्गा भाडामा लिएर उखु खेती शुरु गरेका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गरेका हुन् । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भने, “ऋण गरेरै भए पनि मेशिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।” भारतबाट कालीगढ ल्याएर सख्खर बनाउने उद्योग स्थापना गरेको उनले बताए। अर्काको मेशिन प्रयोग गरेर सख्खर उत्पादन शुरु गरेका राजवंशीले अहिले आफैले खरीद गरेका छन् । “अर्काको भाडामा लिएँ, खर्चले धान्न नसकेपछि ऋण गरेरै भए पनि आफैँ मेशिन खरीद गरेर उद्योग चलाउँदै छु”, उनले भने, “उखु पेल्ने मेशिनबाट दैनिक २६५ लिटर उखुको रस निकाल्न सकिन्छ ।” हाल उनले दैनिक सय केजी सख्खर उत्पादन गर्दै आएका छन् । कृषकसँगै उद्यमी बन्दै गर्नुभएका राजवंशीले दैनिक ज्यालादारीमा पाँच जनालाई रोजगारी समेत दिएका छन् । उनी भन्छन्, “उद्योगलाई राम्रोसँग चलाउन सके झापामा उखु बिक्री नहुने समस्या आउन दिन्नँ ।” प्रतिकेजी रु एक सयमा सख्खर बिक्री गर्दै आएको बताउँदै उनले भने, “भारतबाट आयात हुने सख्खरका कारण हामी मारमा परेका छौँ ।” राजवंशीलाई सहयोग गर्दै आएकी उनकी श्रीमती उर्मिला राजवंशीले उखुबाट सख्खर बनाउन थालेसँगै केही आशा पलाएको बताइन् । “जग्गा भाडामा लिएर खेती शुरु ग¥यौँ”, उनले भनिन्, “उखु बारीमै सुकेर गयो, १० लाख ऋणमा प¥यौँ ।” तर आफूहरुले हिम्मत नहारेको बताउँदै उनले थप ऋण गरेर खेतीसँगै सख्खर बनाउन थालेको बताइन् । अर्जुनधारा नगरपालिकाका कृषि शाखा अधिकृत शालीकराम भट्टराईले अर्जुनधारा–५ व्यावसायिक उखु उत्पादन हुने पूर्वाञ्चलमै पहिलो र राम्रो ठाउँ भएको बताए। उनले यहाँका करीब १३५ कृषकले ७२ हेक्टरमा उखु खेती गरिरहेको बताए । अर्जुनधारामा दुई कट्ठादेखि पाँच बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन् । “अर्जुनधाराको ५ नं वडासँगै ६, ८ र ९ वडामा पनि कृषकले आंशिक रुपमा उखु खेती गरिरेका छन्”, उनले भने, “गत वर्ष धान दिवसका अवसरमा एक कृषकलाई रु पाँच हजार सहित पुरस्कृत पनि गरेका थियौँ ।” अर्जुनधारासँगै झापाको दमक, मेचीनगर, कमल गाउँपालिकामा समेत उखु खेती हुँदै आएको छ । जिल्लाभर ११५ हेक्टरमा उखु खेती गरिँदै आएको अधिकृत भट्टराईले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: