Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

१० प्रतिशतले धान उत्पादनमा वृद्धि

वीरगञ्ज । मौसमको अनुकूलता, समयमा बीउबिजन मलखादको उपलब्धता र समयमा पानी परेका कारण बारा जिल्लामा गत वर्षको तुलनामा यसवर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष २०७५र७६ मा यस जिल्लाको ६२ हजार ७०० हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार १६७ दशमलव ८५ मेट्रिक टन धान उत्पादन भएको छ । उक्त आँकडा गतवर्ष भन्दा ९५ हजार ९८५ मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७४र७५ मा बारा जिल्लाका ६२ हजार २९५ हेक्टर क्षेत्रफलमा चैतेधान, भदैया र अगहनी धानको खेती गरिएकामा दुई लाख ४३ हजार १८२ दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो । तथ्याङ्क हेर्दा अघिल्लो वर्ष बाराका किसानले १२ हजार ११० हेक्टरमा ६५ हजार १५१ मेट्रिक टन चैते धान, १२ हजार १६० हेक्टरमा ५१ हजार ५५८ दशमलव चार मेट्रिक टन भदैया धान र ३८ हजार ३२५ हेक्टरमा १२६ हजार ४७२ दशमलव पाँच मेट्रिक टन अगहनी धान उत्पादन गरेको देखिन्छ । मौसमको अनुकूलता, समयमा बीउबिजन तथा मलखाद उपलब्ध भएकोले गतवर्ष भन्दा यसवर्ष बारा जिल्लामा १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले राससलाई बताए । जिल्लामा रहेको ६० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ भने बाँकी ४० प्रतिशत जमीनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । चुरे पहाडको भेगमा ९९५ हेक्टर जमीन खेतीयोग्य छ भने तराई भेगमा कृषियोग्य जमीन ६१ हजार ८२८ हेक्टर रहेको छ । जिल्लाको मध्य र दक्षिणी तराई क्षेत्रमा नदीले बगाइ ल्याएको नरम र दोमट माटो पाइने भएकोले सो क्षेत्रमा बालीनालीको उत्पादन बढ्ने गरेको प्राविधिक सहायक राम भगत महतोले बताए। बहत्तर दशमलव ९८ प्रतिशत किसान कृषिमा आश्रित रहेको बारामा आर्थिकरूपले सक्रिय जनसङ्ख्या ४६ दशमलव ७३ प्रतिशत रहेको छ । प्रदेश नं २ को ८ जिल्लामा गत वर्षको तुलनामा यसवर्ष दुई लाख नौ हजार मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको छ । प्रदेश नं २ मा चालु आर्थिक वर्ष २०७५र७६ मा किसानले १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन गरेका छन् । यसैबीच प्रदेश सरकारको नीतिअनुसार ज्ञान केन्द्र बाराले ४० प्रतिशत अनुदानमा आफ्ना २८ वटा डिलर मार्फत यसवर्ष २०० मेट्रिक टन सरकारी अनुदानको गहुँको बीउ किसानलाई वितरण गरेको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy