Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लाको रामपुर नगरपालिका–५ र मन्थली नगरपालिका–१ का अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण गरेको छ । सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले ती स्थानका २९ अपाङ्गता भएका व्यक्तिलाई १४ प्रकारका ५२ थान सहायता सामग्री छुट्टाछुट्टै स्थानमा शुक्रबार आयोजित कार्यक्रममा वितरण गर्नुभएको हो । विसं २०७२ को विनाशकारी भूकम्पबाट अतिप्रभावित अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन सहयोग पु¥याउने उद्देश्यले उनीहरूको आवश्यकता बमोजिमका सहयोग सामग्री प्रदान गरिएको महामन्त्री धाख्वाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानका लागि सोसाइटीले यसअघि ती स्थानमा दुई पटक स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटी जाँचलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापी गरी चिकित्सकहरूले आवश्यक सहयोग सामग्री उपलब्ध गराउन सिफारिश गरेका थिए । सोही सिफारिशका आधारमा सोसाइटीले सामग्री खरिद गरी उपलब्ध गराएको सोसाइटीका वरिष्ठ अधिकृत पूजा कोइरालाले बताउनुभयोे । सोही अवसरमा सोही जिल्लाको रामपुर–५ मा निर्माण गरिएको बाल, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको थियो । सोसाइटीले जिल्लामा पाँच यस्ता सार्वजनिक शौचालय निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग गरेको थियो । रामपुरका लक्षित ३१ अति सङ्कटासन्न (एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकजस्ता घरमुली रहेका) परिवारमध्ये २३ जनालाई सोसाइटीले प्रतिपरिवार थप रु ५० हजार आवास निर्माणका लागि सहयोग प्रदान गरेको वरिष्ठ अधिकृत कोइरालाले जानकारी दिए। यसअघि सोसाइटीले रामपुरमै लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएकोे थियो । साथै आयोजना मर्मतसम्भारका लागि उपभोक्ता समितिलाई आवश्यक तालीम तथा आवश्यक सामग्री प्रदान गरिएको थियो । सोसाइटीद्वारा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अष्टे«लियाली रेडक्रसले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy