Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

कांग्रेसमा कुन तह कति शक्तिशाली ?

काठमाडौं । नयाँ विधानले कांग्रेसका आठवटै तहगत संरचनालाई अधिकार दिए पनि केन्द्र निर्णयक बन्नेछ। कांग्रेस महासमिति बैठकबाट अनुमोदित नयाँ विधानले केन्द्रदेखि स्थानीय तहको संरचनामा परिर्वतनसहित अधिकार प्रत्यायोजन गरेको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - विधानले सदस्यता वितरण तथा उम्मेदवार छनोटमा नयाँ व्यवस्था गरेको छ। विधानले सदस्यता वितरणको सम्पूर्ण जिम्मेवारी वडा कार्यसमितिलाई दिएको छ। केन्द्रमा पार्टी महामन्त्री नेतृत्वमा बन्ने तीन सदस्यीय समितिले सदस्यता व्यवस्थापन गर्नेछ। पार्टी सदस्यका लागि वडा तहमै प्रक्रिया पुर्‍याउनु पर्नेछ। सदस्यता नविकरण गर्दा स्वत क्रियाशील सदस्य बन्ने छन्। उम्मेदवार छनोटका लागि मापढण्ड बनाइएको छ। प्रतिनिधिसभा, प्रदेशसभा र महानगरपालिकाको प्रमुख–उपप्रमुखको उम्मेदवार केन्द्रीय संसदीय समितिले चयन गर्नेछ। प्रदेश संसदीय बोर्डले जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख र नगर–उपमहानगर प्रमुख–उपप्रमुख चयन गर्नेछ। वडासदस्य उम्मेदवार प्रतिनिधिसभा संसदीय समिति, गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष, जिल्ला संसदीय समितिले चयन गर्नेछ। विधानले सबै तहको निर्वाचनमा एक महिना अघि नै उम्मेदवार चयन गरी घोषणा गरिसक्नु पर्ने व्यवस्था गरेको छ। केन्द्रदेखि जिल्ला तहसम्म संसदीय समितिदेखि अनुशासन समिति तथा निर्वाचन समिति पनि जिल्ला तहमा गठन गरिनेछ। हरेक निर्वाचनपछि स्थानीय स्तरमै उजुरी संकलन गरी स्थानीयस्तरकै समितिले कारवाही गर्ने व्यवस्था छ। अनुशासन कारवाही केन्द्रले पुनरावलोकन गर्न सक्नेछ। सदस्यता वितरणको अधिकार वडातहमै पठाएको कांग्रेसले जिल्लाको भूमिकालाई समन्वयकारीका रूपमा लिएको छ। केन्द्रको निर्णय लागू गराउने अधिकार प्रदेश समितिलाई दिएको छ। तर टोल, वडा कार्यसमिति सम्बन्धित गाउँ, नगर, उपमाहानगर र महानगर कार्यसमितिसँग समन्वय गर्नुपर्नेछ। प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय समितिलाई मातहतको स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रम गर्न अधिकार दिएको छ। सबै तहको कार्यसमितिको महिनामा एक पटक अनिवार्य बैठकको समेत व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधि हुन वडा तहबाट निर्वाचित भएर आउने पर्ने। समावेशी कोटामा एक व्यक्ति एक पटक मात्रै अवसर पाउनुपर्ने माग का बारेमा केन्द्रीय समिति बैठकले टुङग्याउने छ। महासमिति बैठकले विधान मस्यौदालाई आवश्यक परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्ने निर्णय गरेको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अब बस्ने केन्द्रीय समिति बैठकले विधानसहित चारवटै प्रतिवेदनलाई परिमार्जनसहित अनुमोदन गर्ने बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy