चकलेट दिएर १३ बर्षकी दृष्टिविहिन बालिका शिक्षकद्वारा बलात्कृत
पौष १५ गते, २०७५ आइतवार 30th December, 2018 Sun१२:५३:५० मा प्रकाशित
कालिकोट । कालिकोटमा जन्मिएकी नन्दा सिङ हाल कपनमा बस्दै आएकी छिन् । उनी दृष्टि विहिन महिला हुन् तर जन्मजात नै दृष्टि विहिन भने हैनन्। अरुलाई अन्याय र अत्याचार भएको देख्न नसक्ने नन्दा एक समाजसेवी पनि हुन्। समाजसेवी नन्दाको जीवनमा धेरै यस्ता घटना घटेका छन् जुन सुन्दा काल्पनिक जस्तो लाग्ला तर यो उनको यथार्थ घटना हो।
उनी तीन वर्षको उमेर हुँदा ६ महिनासम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन। उनी झन्झनै सिथिल हुदै गइन्। उनको अन्तिम अवस्था भइसकेको थियो। अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे। करिव ४ बजे तिर उनलाई मरेको सोचेर सेतो कपडाले बाधेर राखिएको थियो। उनको संस्कार अनुसार बच्चालाई बिहानपख मात्र दाहसंस्कार गर्नु पर्ने भएकोले। त्यो रात त्यसै राखियो। रातको करिव १ बजे तिर उनी ब्युझिन्।
उनले पुनर्जीवन पाइन्। उनको श्वास त फिर्ता आयो तर ज्योति भने गुम्यो। उनी दृष्टिबिहिन भइन्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन। घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन्। केहि समय बित्दै गए पछि उनलाई हिडडुल गर्न, ठाउँ ठम्माउन सजिलो हुँदै गयो। काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुनै पर्यो। महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन्। ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन्। हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्।
आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल ७ जना बच्चालाई आश्रय दिइरहेकी छिन्। उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निशुल्क पढाउन सहयोग गरेकी छिन्। आफ्नो गाउँमा बालविवाह देखि अन्याय अत्याचार भएको ठाउँमा अवाज उठाउन समेत उनी पछि पर्दिनन्।
‘अन्तरदृष्टि नेपाल’ नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय छिन्। उनी अहिले आफ्नो आँखाको उपचार गराईरहेकी छिन्। डाक्टरले उनलाई यस उपचारबाट आखाँ देख्न सक्ने सम्भावना रहने बताएका थिए।
उनले कुराकानीको क्रममा उनी बसेको पहिलाको होस्टेलमा एक बालिकालाई आफ्नै शिक्षकले बलात्कार गरेको खुलासा गरिन। उनको अनुसार ती पिडित बालिका भर्खरै १४ वर्षे लागिन। शिक्षक र बालिका नै दृष्टिविहिन नै थिए। नन्दाले घटना भएको उनले १ वर्ष पछि मात्रैथाहाँ पाइन्। त्यसपछि आवाज उठाइन तर सबैले मिलेर घटनालाई लुकाउन खोजेका थिए। कसैले साथ् दिएनन्। उनले हिम्मत नहारी संस्थाको मद्दतबाट दोषीलाई हिरासतमा राख्न सफल भएकी छिन्। ती १४ वर्षिया बालिकालाई अहिले काउन्सलिङ्ग भईरहेको बताइन।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: