Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अब गर्भवतीलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट

सिन्धुली। शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो । वडामा रहेका गर्भवतीलाई पनि प्रसूति गराउन स्वास्थ्य संस्थामा जान सहजता प्रदान गर्न यस्तो निर्णय गरिएको वडाध्यक्ष राउतले जानकारी दिए । चालु आर्थिक वर्षदेखि हालसम्म छ वटा नवजात शिशुको घरैमा सुत्केरी गराउँदा ज्यान गएपछि गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य संस्थामा एम्बुलेन्सबाट लैजाँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको उनले बताए। कतिपयले घरमा नै प्रसूति गराउँदा नवजात शिशुमा समस्या नहुने तर आमामा विभिन्न समस्या भएको भन्दै स्वास्थ्य उपचारका लागि वडामा आर्थिक सहयोग माग्ने र आर्थिक सहयोगका लागि सिफारिस लिन आउने क्रम बढ्न थालेपछि वडाले यस्तो निर्णय गरेको उनको भनाइ छ । पैंसठ्ठी प्रतिशतभन्दा बढी गर्भवतीले घरमा नै प्रसूति गराउने गरेको वडा अध्यक्ष राउतले बताए । पहिलो पटक वडाले गर्भवतीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको र यो प्रभावकारी भएमा विस्तारै थप गर्दै जान सकिने उहाँको भनाइ छ । घरमा नै प्रसूति गराउने महिलामा आङ खस्नेलगायतका विभिन्न रोग लाग्ने गरेको छ । गर्भवती महिलाले घरमा नै बसेर सुत्केरी गराउँदा आमा र बच्चा दुबैको ज्यान जोखिम भएको भन्दै सुरक्षित मातृत्वका लागि यस्तो निर्णय गरिएको र यस निर्णय माघ १ गतेदेखि कार्यान्वयन हुने उनको भनाइ छ ।  वडाले स्वास्थ्य संस्थाले प्रदान गर्ने जन्म प्रमाणपत्रका आधारमा बालबालिकाको जन्म दर्ता गर्ने र जन्म प्रमाणपत्र पेश नगरेमा जन्म दर्ता गराउन रु ५०० लाग्ने पनि वडाले निर्णय गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending